‘विकिनी किलर’ चार्ल्स शोभराजको अप’राध यात्रा

0
59

६ पुस २०३२ मा भक्तपुरको पलाँसेस्थित अरनिको राजमार्गको दक्षिणतर्फ ढलमा अनुहार ड’ढाएको शव फेला परेको थियो । स्थानीय भरत राना मगरको खबरमा पुगेको प्रहरीले त्यहाँ सबै लुगा फुकालिएको र अनुहार चिन्नै नसक्ने श’व बरामद गरेका थिए । त्यतिबेला नखुलेको त्यो शवको पहिचान दुई दिन पछि काठमाडांैको मनहरा घट्नाबाट खुलेको थियो । भक्तपुरमा शव भेटिएको पर्सिपल्ट ८ पुस २०३२ मा विहान ७ बजे गस्तीमा निस्किएका प्रहरीले मनहरा खोला किनारमा पेट्रोल हाली आ’गो लगाएको र मुटुमा छु’रा रोपेर ह’त्या गरी फालिएको अवस्थामा एक युवतीको शव फेला पारे ।

टाउकोदेखि पैतालासम्म डढेको, पूरै शरीरको भाग ना’ङ्गो र मुटु लक्षित गरी चार पटक छु’री रोपिएको अवस्थामा फेला परेको शवको पहिचान पनि तत्कालै खुल्न सकेको थिएन । सोही समयमा धुलिखेल घुम्न गएका झोँछेको ओरियन्टल लजमा बस्ने दुई विदेशी पर्यटक नफर्किएको जानकारी आयो । प्रहरीले त्यही लजमा बस्दै आएका अस्ट्रेलियन नागरिक क्रिस्टी एम म्याकमिलनलाई मनहरामा शवसँगै भेटिएको झुम्का देखाएर मृ’तक अमेरिकी नागरिक कोन्नी जो ब्रोन्जिचको पहिचान गरेको थियो ।

कोन्नी धुलिखेल घुम्न गएको सूचनाका आधारमा अनुसन्धानमा खटिएका प्रहरीले भक्तपुरमा विदेशी पुरुषको शव फेला परेको सूचना पाए । र, मृतक कोन्नीका प्रेमी लरेन्टको भएको खुल्यो । कोन्नी र लरेन्ट २८ मंसीर २०३२ देखि ओरियन्टल लजको कोठा नम्बर ९ मा बस्दै आएका थिए । प्रहरी अनुसन्धानमा यी दुवैको सम्पर्क होटल सोल्टी ओबराय (अहिले होटल सोल्टी) मा बस्ने भियतनामी नागरिकसँग रहेको सूचना फेला पर्‌याे । त्यसकै आधारमा प्रहरीले भियतनामी नभई भारतीय–चिनियाँ अनुहारसँग मिल्दोजुल्दो जोडी हेनरिकस विन्ताजा र कुकी हेमकरलाई फेला पारेका थिए।

त्यही समयमा यहाँको ह’त्या प्रकृतिसँग मिल्ने गरी केही अघि थाइल्याण्डको बैंककमा पनि एक विदेशी नागरिक मा’रिएको सूचना नेपाल प्रहरीले पाएको थियो । नशा’लु पदार्थ खुवाई पेट्रोलि’यम पद्धार्थ हालेर आगो लगाएर गरिएको उक्त ह’त्याको प्रकृति कोन्नी ह’त्यासँग मेल खान्थ्यो । बैंककको ह’त्यामा संभावित ह’त्याराका रुपमा एलेन गोटियरको नाम आयो । प्रहरीको अनुसन्धानमा गोटियर र सोल्टी ओबरायमा बसेका हेनरिकस् विन्ताजा एकैझैं देखिएपछि दुवैलाई होटलमै निगरानीमा राखियो । र, अनुमति लिएर मात्र होटलबाट बाहिर निस्कन निर्देशन दिइयो । यसको केही समयमै उनीहरु एकाएक होटलमै सामान छाडेर बेपत्ता भए । पछि कुकीको असली परिचय मोनिक लेक्लर्क र हेनरिकस् चाहिँ चाल्र्स शोभराज रहेको खुलेको थियो ।

२८ वर्ष पछि काठमाडाैमै पक्राउ

प्रहरीलाई छक्याउँदै २८ वर्ष अघि भागेका शोभराज २ असोज २०६० मा रोयल क्यासिनोमा जुवा खेलिरहेको अवस्थामा पक्राउ परे । उनको पक्राउसँगै यहाँ रहेको २८ वर्ष अघिको ह’त्या र फ’र्जी राहदानीको मुद्दा ब्युँतियो । २०६० सालमा दोस्रोपटक नेपाल आउने क्रममा पक्राउ परेका शोभराजविरुद्ध कोन्नीको ह’त्या र फ’र्जी राहदानीको अभियोग पुष्टि गर्दै जिल्ला अदालत काठमाडौंले सर्वश्वसहित जन्मकैदको सजाय सुनायो । लरेन्टको मुद्दा भने मुलतवीमै रहेको थियो ।

कोन्नी र लरेन्टको ह’त्याको प्रकृति एकै भएकाले कोन्नीको ह’त्या अनुसन्धानमा फेला परेका प्रमाण नै लरेन्ट ह’त्यामा प्रमाणका रूपमा प्रस्तुत गरियो । सुरुमा चाल्र्सले कोन्नी र लरेन्टलाई आफूले नचिन्ने दाबी गरेका थिए । पछि प्रहरीसँगको बयान क्रममा उनले कोन्नी र लरेन्ट एकै गेस्ट हाउसमा बस्ने गरेको जानकारी दिएका थिए ।

शोभराजलाई कोन्नीको ह’त्यामा सर्वश्व सहित जन्मकैदको सजाय २०७१ मा भुक्तान भए पनि त्यही समय लरेन्टको ह’त्याको मुद्दाको कारवाही पक्रिया अगाडि बढेको हो । पुनरावेदनले भक्तपुर अदालतकै फैसला सदर गरेसँगै शोभराजको जेल सजाय ९ वर्ष थपिएको हो । यसैविच बुधबार सर्वोच्च अदालतले केन्द्रीय कारागारको गोलघरमा बन्दी जीवन बिताउँदै आएका फ्रान्सेली नागरिक चार्ल्स शोभराजलाई आजै थुनामुक्त गर्न आदेश दिएको छ ।

यो पनि पढ्नुहोस्: ‘चार्ल्स शोभराजलाई आजै थुनामुक्त गर्नू, १५ दिनभित्र देश फर्काउनू’ -सर्वोच्च अदालत

https://www.ujyaalonepalnews.com/archives/25450

Previous articleचितवनमा दुई दिनमा दुईवटा गैँडा मृत फेला
Next articleसर्वोच्चको आदेश पछि रवि लामिछानेलाई सांसदको शपथ लिन बाटो खुला