सर्वोच्चको आदेश पछि रवि लामिछानेलाई सांसदको शपथ लिन बाटो खुला

0
69

काठमाडौं । सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध परेको रिट निवेदनमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । सर्वोच्चको संवैधानिक इजलासले लामिछानेको नागरिकता विवादमा अन्तरिम आदेश दिने/नदिनेबारे निर्णय गर्न दुवै पक्षलाई बोलाएको हो । योसँगै चितवन–२ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित लामिछानेलाई शपथ लिन बाटो खुला भएको छ ।

संसद सचिवालयले बिहीबार प्रतिनिधिसभामा निर्वाचित सदस्यहरुलाई शपथ ग्रहण गराउने कार्यक्रम तय गरेको छ । लामिछानेले अमेरिकाको नागरिकता लिँदा नेपाली नागरिकता त्याग गरेको र पछि अमेरिकी नागरिकता त्याग गरेपछि कानुनी प्रक्रियाअनुसार पुनः सक्रिय नगराई गैरकानुनी रुपमा पुरानै नागरिकता प्रयोग गरेकाले शपथ ग्रहणमा रोक लगाउन माग गर्दै सर्वोच्चमा रिट दायर भएको थियो ।

लामिछानेको तर्फबाट बहस गरेका अधिवक्ता सुनील पोखरेलले सर्वोच्चले अन्तरिम आदेश दिन अवस्वीर गरेको जानकारी दिए । उनले यसबारे निर्णय लिन दुवै पक्षलाई बोलाएको बताए । अन्तरिम र अन्तरकालीन आदेश पनि जारी नभएकाले बिहीबार हुने लामिछानेको शपथ नरोकिने उनले बताए ।

कायममुकायम प्रधानन्यायाधीस हरिकृष्ण कार्कीको नेतृत्वमा संवैधानिक इजलास गठन भएको थियो । उक्त इजलासमा न्यायाधीश इश्वरप्रसाद खतिवडा, आनन्दमोहन भट्टराई, अनिलकुमार सिन्हा र प्रकाशमानसिंह राउत थिए ।

https://www.ujyaalonepalnews.com/archives/25466

Previous articleमध्यरातमा श्रीमतीको करेन्ट लगाएर हत्या, पछि गाडीले किच्ने दाजुभाई पक्राउ
Next articleसुशान्त सिंह राजपूतको हत्या भएको दाबी