पुरानो फोटो सेयर गर्दै जेरी लेख्छिन्- तीतै भए पनि अतीत र सत्य नकार्न सकिंदो रहेनछ

काठमाडौं । भनिन्छ ‘माया त माया हो, अलग भए पनि चोखो माया त कहाँ छुट्छ र ?’ यो भनाइ गायिका बबिता बानियाँ ‘जेरी’सँग मेल खाएको छ । कात्तिक २४ गते काठमाडौं जिल्ला अदालतमा जेरी र शंकर क्षेत्रीबीच कानुनीरुपमै सम्बन्ध विच्छेद भएको थियो । बच्चाको लालनपालन शंकरले हेर्ने तर उमेर नपुग्दासम्म आमासँगै राख्ने सहमतिमा उनीहरु अलग भएका थिए ।

अलग भएको डेढ महिनामै जेरीले फेसबुकमा पूर्वपतिसँगको तस्वीर सेयर गर्दै शंकर र बच्चाप्रति माया दर्शाएकी छन् । उनी लेख्छिन्, ‘तीतै भए पनि अतीत र सत्य नकार्न सकिंदो रहेनछ ।’ उक्त तस्वीर पुरानै भएको पनि उनले उल्लेख गरेकी छन् ।

जेरीको यो पोस्टमा मिश्रित प्रतिक्रिया प्राप्त भएका छन् । केहीले सम्बन्ध सकिंदैमा सद्भाव सकिनुपर्छ भन्ने छैन भनेर लेखेका छन् । केहीले माया दोहोरो भएको भए यो दिन आउने थिएन भनेर लेखेका छन् ।

कतिपयले पुनः जोडिन सुझाएका छन् भने केहीले फोटो पोस्ट गर्नु जेरीको केटाकेटी पारा भएको लेखेका छन् । विवाह भएको १४ दिनपछि नै आफूमाथि शारीरिक र मानसिक शोषण भएको भनेकी जेरीले श्रीमानको विवाहेत्तर सम्बन्ध पनि खटपटको प्रमुख कारण रहेको बताएकी थिइन् ।

https://ujyaalonepalnews.com/archives/25484

Previous articleवैदेशिक रोजगारीमा रहेका नेपालीका लागि शुभम पावरको शेयर बिक्री खुला, कसरी भर्ने शेयर
Next articleट्वाईलेट गएकी श्रीमतीलाई अर्कैले अँगालो हालेको देखेपछी …
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।