सौराहामा क्रिसमस इभको तयारी पुरा, रचना रिमाल आउने

सौराहा ०८ पुुस । चितवनको पर्यटकीय नगरी सौराहामा क्रिसमस इभको तयारी पुरा भएको छ । क्रिसमस इभमा शनिवार बेलुका सौराहामा सांस्कृतिक कार्यक्रम गर्न लागेको हो । रेष्टुरेन्ट एण्ड बार एशोसियसन(रेवान)सौराहाले क्रिसमस इभलाई भब्य बनाउन सौराहालाई सजाएका छन् । क्षेत्रीय होटल संघ चितवन सौराहाले आयोजना गर्दै आएको चितवन हात्ती महोत्सव रोकिएपछि व्यवसायीहरुले सोही समय पारेर क्रिसमस इभ गरेका हुन ।

इशाई धर्मालम्बीहरुले मनाउने क्रिसमस इभलाई सौराहाका व्यवसायीले पर्यटन भित्र्याउने माध्यमको रुपमा मनाउन थालेका छन् । कार्यक्रममा गायिका रचना रिमाल सहित रत्ननगर कला मन्दिरका कलाकारहरुको प्रस्तुती रहने छ । पर्यटक भित्र्याउन केही न केही गतिविधि गर्नुपर्छ रेवान सौराहाका अध्यक्ष नरेश गिरीले भने हात्ती महोत्सव नभएपछि क्रिसमस इभको तयारी गरेका हौं ।

क्रिसमस इभलाई लक्षित गरी सौराहालाई ध्वजावतकाले सजाइएको छ । मुख्यचोकमा क्रिसमट ट्रि बनाएको छ । सौराहामा क्रिसमस इभको रौनक सुरु भइसकेको छ रेवानका महासचिव सुर्यबहादुर रिमालले भने एकहप्तायता स्वदेशी र विदेशी पर्यटकको संख्या उत्तिकै रहेको छ ।

रेवान सौराहाका पूर्व अध्यक्ष गोकर्ण गिरीले अग्रेजी नयाँ बर्षमा विदेशी पर्यटकहरु स्वदेश फर्किने भएकाले उनीहरुलाई सौराहामै टिकाइराख्न क्रिसमस इभमा कार्यक्रम गरिएको बताए ।

https://ujyaalonepalnews.com/archives/25504

Previous articleलदरी खोला किनारमा दोश्रो खैरहनी महोत्सव हुँदै
Next articleवैदेशिक राजेगारीको सिलसिलामा विदेश जान लागेको भन्दै फोटो भाइरल को हुन यी दुई बालक?
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।