Home Uncategorized पृथ्वी मा.वि को ५४ औं वार्षिकोत्सव तथा अभिभावक दिवस

पृथ्वी मा.वि को ५४ औं वार्षिकोत्सव तथा अभिभावक दिवस

चितवन, पुस १६ । चितवनको कालिका नगरपालिका-७ भटेनीमा रहेको पृथ्वी माध्यमिक विद्यालयले विविध कार्यक्रम सहित आफ्नो ५४ औं वार्षिकोत्सव एंव अभिभावक दिवस मनाएको छ । विद्यालयले शनिवार कालिका नगरपालिकाका मेयर विनोद रेग्मीको प्रमुख आतिथ्यमा वार्षिकोत्सव एंव अभिभावक दिवस मनाएको हो ।

कार्यक्रममा मेयर रेग्मीले विद्यालयलाई बार्षिक उत्सवको शुभकामना व्यक्त गरे । उनले सामुदायीक विद्यालयलाई गुणस्तरिय र प्रभावकारी बनाउन नगरपालिका प्रतिबद्ध रहेको समेत उद्धघोष गरे । विद्यालयकोे शैक्षिक गुणस्तर वृद्धी र प्रभावकारी बनाउन एकल प्रयासले मात्र सम्भब नहुने भन्दै अभिभावक, शिक्षक र विद्यार्थी विचमा सहकार्य हुन आवश्यक रहेको उनको भनाइ छ ।

कार्यक्रममा कालिका नगरपालिकाकी उप मेयर विमला तामाङ, कालिका नगरपालिका सामाजिक विकास समितिका संयोजक तथा वडा नं. ४ का वडा अध्यक्ष मकरमान श्रेष्ठ, कालिका नगरपालिका शिक्षा शाखा प्रमुख खेमानन्द भुषालले विद्यालयलाई बार्षिकोत्सवको शुभकामना दिएका थिए ।

कार्यक्रममा कक्षागत, अतिरिक्त क्रियाकलापका आधारमा विद्यार्थीलाई सम्मान तथा पुरस्कार प्रदान गरिएको छ । यस्तै, बिदाई भएर गएका पूर्व शिक्षक, कार्य शिक्षक, पूर्व विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तुल वहादुर वि.क र केशव लामालाई सम्मान गरिएको विद्यालयका प्राध्यानाध्यापक प्रकाश चन्द्र अर्यालले जानकारी दिए ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बोधनाथ थपलियाको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रम विद्यालयका शिक्षक विष्णुलाल श्रेष्ठले कार्यक्रम सञ्चालन गरेका थिए ।

https://ujyaalonepalnews.com/archives/25592

Previous articleएकैवर्षमा २५ प्रतिशत तलब बढाएपछी मलेसियामा यो वर्ष नेपालीको ओइरो
Next articleपोखरा अन्तरराष्ट्रिय विमानस्थलको उद्घाटन भोलि, पहिलो दिन अन्तरराष्ट्रिय उडान भने नहुने
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।