सांसद हरि ढकालले सुरुगरे गुनासो संकलन अभियान: अब चितवन १ मा जे परेपनि ‘हेलो हरि’

0
86

चितवन,पुष १७- चितवन क्षेत्र नम्वर १  का नवनिर्वाचित संघिय सांसद हरि ढकालले ‘हेलो हरि’  अभियानको सुरुवात गरेका छन् । उनले आज फेसबुक पोष्ट मार्फत अभियानको सुरुवात गरेको जानकारी दिएका हुन् । चितवन क्षेत्र नं. १ का जनताले अब कुनै समस्या परे वा कुनै विषयमा सुझाव दिनपरेमा ढकाललाई संदेश पठाउन सक्नेछन् । सन्देश पठाउनको लागी ९७६५२००२०० मा ह्वाटएप मार्फत सम्पर्क गर्न सकिने छ ।

यसअघि ढकालले चितवनकै खैरहनीमा आफ्नो सम्पर्क कार्यालय उद्घाटन गरेका थिए । शनिबार खैरहनी-८ (बाबा पेट्रोलपम्प पछाडी) मा विधिवत रुपमा कार्यालयको उद्घाटन गरिएको हो । जन गुनासो सुन्ने अपेक्षा सहित कार्यालयको स्थापना गरिएको ढकालले बताएका छन् । विगतका दिनहरुमा झैँ जनप्रतिनिधि र जनताको दुरी टाढा हुन नदिनको लागि बिहान १० बजे देखि ४ बजेसम्म खुल्ने तरिकाले कार्यालय सञ्चालनमा ल्याइएको उनले बताएका छन् ।

आफूहरुले वाचापत्रमै कार्यालय स्थपना गर्ने भनेर उल्लेख गरेको सांसद ढकालले बताएका छन् । “आफू भूगोल वा फिल्ड भन्दा बाहेक उक्त कार्यालयमा रहनेछौँ भनेर वाचापत्रमा उल्लेख गरेका छौँ ।” उनले भने ” कार्यालय के का लागि भन्दा जनगुनासो सुन्नको लागि, जनगुनासो सम्बोधन गर्नको लागि र आम जनतासँग सामिप्यता कायम गर्नको लागि हो ।”

smart

कार्यालयमा सचिवालयको टीम बस्ने ढकालको भनाइ छ । पार्टीको केन्द्रीय नीति अनुसार ‘र्यापिड याक्सन टीम’ फोर्स बन्ने उनले बताए । विज्ञ, पार्टीको टीम र स्वयं आफ्नै निर्देशनमा सचिवालयका कर्मचारीहरुले काम गर्ने उनले बताएका छन् । सरकारको काम जनतालाई सुनाउन र जनताका गुनासो संसदमा पुर्याउनमा कार्यालयले सेतुको काम गर्ने उनले बताए । संघीय संसदको हैसियतले पाएको सेवा सुविधाबाट कार्यालय सञ्चालन गरिने सांसद ढकालले बताएका छन् ।

https://www.ujyaalonepalnews.com/archives/25604

Previous articleरत्ननगरमा स्वास्थ्य शिविर : २२१ जनाको स्वास्थ्य परीक्षण
Next articleआगमी तीन दिन अत्यधिक चिसो बढ्ने