काठमाडौं, २४ माघ । गृहमन्त्री रामबहादुर थापासँग नेपालका लागि दक्षिण कोरियाका राजदूत पार्क योङ्गसिकले आज शिष्टाचार भेट गर्नुभएको छ । गृह मन्त्रालयमा आज भएको भेटमा पार्कले केही दिनअघि कास्कीको अन्नपूर्ण क्षेत्रमा गएको हिम पहिरोमा परी हराइरहेका आफ्ना चार जना नागरिकको खोजीका विषयमा चासो राख्नुभएको थियो । भेटवार्ताका क्रममा गृहमन्त्री थापाले हिमपहिरो लगत्तै सो क्षेत्रबाट धेरै […]