दुर्घटनाग्रस्त विमानमा को–को थिए सवार? (नामावली सहित)

आइतबार बिहान भएको यति एयरलाइन्सको विमान दुर्घटनामा सवारको परिचय खुलेको छ । चालक दलका चार र ६८ यात्रु सवार रहेको खुलेको हो ।  आइतबार बिहान काठमाडौंबाट पोखरा विमानस्थलमा उडेको जहाज विमानस्थल नजिकै पर्ने सेती खोँचमा दुर्घटना भएको हो । कास्कीका प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसीले अहिले उद्धार कार्य जारी रहेको र हालसम्म जीवित भेट्न नसकिएको जनाएका छन् ।

प्रतक्ष्यदर्शी यसो भन्छन्

आइतबार बिहान म घरमा नै बसिरहेको थिएँ। एक्कासी घर नजिकै धुवाँको मुस्लो देखियो। के भएको रहेछ भनेर म घरको छतमा गएँ। छिमेकी दाइभाउजु भने जहाज दुर्घटना भएको भनेर कराउँदै थिए। उनीहरूले जहाज दुर्घटना हुनु भन्दा अघि जहाज आकाशमा घुमिरहेको देखेका रहेछन्। मेरो घरबाट ५ मिनेटको दूरीमा दुर्घटना स्थल पर्छ। हामी पुग्दा स्थानीयले जहाजमा पानी हाल्दै थिए।

जहाज सेतीको खोंचमा खसेको छ। बाहिर केही शवहरू उछिट्टिएको अवस्थामा हामीले देख्यौं। केहीबेरमा सेना, प्रहरी, दमकल आएर उद्धार गर्न थाले। मैले देखेअनुसार जहाजमा रहेकाहरू बाँच्ने सम्भावना ज्यादै न्यून छ किनभने जहाजमा ठूलो आगो लागेको छ। जहाज ल्याण्ड गर्ने क्रममा दुर्घटना हुन पुगेको देखिन्छ।

जहाजका पाइलटले बस्ती जोगाएर जहाज सेतीको खोंचमा खसालेको देखिन्छ। दुर्घटना नजिकै अल्कापुर भन्ने बस्ती छ। त्यही बस्ती बचाउन चालकले दुर्घटना हुन लाग्दा जहाजलाई खोंचमा लगेका हुन सक्ने देखिएको छ। बस्तीमा जहाज खसेको भए झन् ठूलो धनजनको क्षति हुने थियो। अहिले १२ बजेसम्म पनि उद्धार कार्य जारी छ। प्रहरी र सेनाले डढेका शव निकाल्दै छन्।

नेपाल प्रहरीले उपलब्ध गराएको विमानमा यात्रुको सूची :

https://ujyaalonepalnews.com/archives/25862

Previous articleकाठमाडौँबाट ७२ यात्रु बोकेर पोखरा उडेको यति एअरलाइन्सको विमान दुर्घटना
Next articleउद्धारकर्ताको बयान : अरुलाई पनि निकाल्न आउनुभन्दा कोही आएनन् सबै भिडियो बनाएर बसे
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।