बिदा मनाउन घर हिँडेका थिए डाक्टर दम्पती र १० महिनाका छोरा

काठमाडौँ । पोखरामा भएको यती एयरलाइन्सको विमान दुर्घटना दुई चिकित्सकको मृत्यु भएको छ । राष्ट्रिय ट्रमा सेन्टरमा कार्यरत ३८ वर्षीय डा. सुशील श्रेष्ठ र उनकी श्रीमती डा. सोना दिवारकको विमान दुर्घटनामा मृत्यु भएको हो । उनीहरूका १० महिनाका छोराको पनि मृत्यु भएको छ ।

श्रेष्ठ अर्थोपेडिक तथा स्पाइनल सर्जन हुन् । उनी ट्रमा सेन्टरमा ६ वर्षदेखि काम गर्दै आएका थिए । उक्त जहाजमा ११ जना विदेशी नागरिक र ३ जना बालबालिका सहित ६८ यात्रु सवार थिए । जसमा ४१ जना महिला र २७ पुरुष छन् ।

विमान दुर्घटनाको शोकमा आज सार्वजनिक बिदा, आधा झुकाइयो राष्ट्रिय झण्डा

काठमाडौँ । पोखरामा आइतबार भएको यती एयरलाइन्सको विमान दुर्घटनाको शोकमा आज देशभर सार्वजनिक बिदा दिइएको छ । दुर्घटनापछि बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले शोक बिदा दिने निर्णय गरेको हो ।

मन्त्रिपरिषद्को बैठकबाटै राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय पनि गरिएको छ । आज अत्यावश्यक बाहेकका सेवा र कार्यक्रम स्थगित गरिएको गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले जानकारी दिए । मन्त्रालयका अनुसार २५औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवसको कार्यक्रम पनि स्थगित गरिएको छ ।

आइतबार बिहान १० बजेर ३२ मिनेटमा काठमाडौँबाट पोखराका लागि उडेको ९एनएएनसी विमान पोखरा विमानस्थलनजिक सेती नदीको खोँचमा खसेको थियो । दुर्घटनामा जनधनको ठूलो क्षति भएको छ ।

https://ujyaalonepalnews.com/archives/25905

Previous articleजहाज दुर्घटनामै मृत्यु भएका श्रीमानको सपना साकार पार्न पाईलट पढेकी अन्जुको धोको अधुरै
Next articleपुरा भएन बोइङको एअरहोस्टेस बन्ने सिर्जनाको सपना
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।