यूएईमा कर्मचारीमाथि हातपात गर्ने रोजगारदातालाई एक वर्ष कैद र एक लाख दिर्हामसम्म जरिबाना

यूएईमा आफ्ना कर्मचारीमाथि हातपात गर्ने रोजगारदातालाई एक वर्षसम्म कैद र एक लाख दिर्हामसम्म जरिबाना हुने व्यवस्था गरिएको छ । यूएई पब्लिक प्रोसिक्युसनले ड्युटीमा रहेका श्रमिकमाथि हातपात गर्ने रोजगारदातालाई कारबाही हुनेबारे आफ्नो ट्विटर ह्याण्डलमा जनचेतनामूलक भिडियो शेयर गरेको छ ।

२०२१ को फेडेरल डिक्री ल नम्बर ३१ को धारा २९७ अनुसार श्रमिकलाई उसको काम गर्न/नगर्न अनावश्यक रुपमा बाध्य पार्ने नियतले बल, हिंसा वा धम्कीको प्रयोग गरेमा छ महिनाभन्दा कम अवधिको लागि थुनामा राख्ने सजाय हुने व्यवस्था गरेको छ ।

यदि पूर्वनियोजित ढंगले श्रमिकमाथि दुर्व्यवहार गरेको वा एकभन्दा बढी व्यक्ति संलग्न रहेको वा अपराधीले हतियार बोकेको भए एक वर्षसम्म कैद र एक लाख दिर्हामसम्म जरिबाना हुने व्यवस्था गरिएको छ ।

https://ujyaalonepalnews.com/archives/26054

Previous articleआफ्नै साथीले गरे अप’हरण गरि ह’त्या, भ्वाईस रेकर्ड सुनाएर परिवार संग फिरौती माग
Next articleक्यानेडियन कम्पनीले किन्ने भयो बुद्ध एअरको २५ वर्ष पुरानो जहाज
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।