Home Uncategorized एयर ट्राफिक कन्ट्रोलको निर्देशनविपरीत जोखिमपूर्ण विमान अवतरण गर्ने निगमका पाँच पाइलट...

एयर ट्राफिक कन्ट्रोलको निर्देशनविपरीत जोखिमपूर्ण विमान अवतरण गर्ने निगमका पाँच पाइलट निलम्बनमा

काठमाडौं । तीनजना पाइलटले निर्देशन पालना नगर्दा निलम्बनमा परेका छन् । नागरिक उड्डयन प्राधिकरणले नेपाल वायुसेवा निगमका पाँच पाइलटलाई कारबाही गर्न निर्देशन दिएको प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले जानकारी दिए ।

नेपाल एयरलाइन्सको जहाज हङकङ विमानस्थलमा अवतरण गर्ने क्रममा एयर ट्राफिक कन्ट्रोलको निर्देशन नमानेपछि पाइलटलाई निलम्बन गर्न गत शुक्रबार नै निर्देशन दिएको निरौलाले जानकारी दिए ।

‘पाइलटहरू नरबहादुर विश्वकर्मा, राजेश कुशवाह र उद्धव घिमिरेलाई निलम्बन गर्न भनिएको हो’, उनले भने । यता निगमले भने अध्ययन गरेर मात्र अघि बढ्ने जनाएको छ । तर यता प्राधिकरणले भने आफू नियामक भएकाले निगमले प्राधिकरणको निर्देशन मान्नुपर्ने बताएको छ ।

यस्तै काठमाडौंबाट जापान उड्ने क्रममा निर्देशन नमानेको भन्दै अर्का दुई पाइलट वाईटी जुहार्तन र प्रसन्न राणालाई पनि निलम्बन गर्न निर्देशन दिएको प्रधिकरणले जनाएको छ ।

https://ujyaalonepalnews.com/archives/26059

Previous articleक्यानेडियन कम्पनीले किन्ने भयो बुद्ध एअरको २५ वर्ष पुरानो जहाज
Next articleदुईदिनको शिशुलाई जंगलमा फालेको आरोपमा बाबु पक्राउ
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।