प्रेमप्रसादले आत्मदाह गर्नेबित्तिकै प्रहरीकाे आयो यस्तो निर्देशन

काठमाडौं : ईलामका प्रेमप्रसाद आचार्यले मंगलबार आत्मदाह गरेपछि राति नै नेपाल प्रहरीले बोतल र जर्किनलगायतमा पेट्रोलियम पदार्थ भरेर बिक्री नगर्न पम्प सञ्चालकहरूलाई निर्देशन दिएकाे छ। काठमाडौंका केही पेट्रोल पम्पले बोतल र जर्किनलगायत भाँडामा पेट्रोलियम पदार्थ भरेर बिक्री गर्ने गरेको हुनाले यसलाई रोक लगाइएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी परिसर काठमाडौंले सूचना निकालेर पेट्रोलियम पदार्थलाई खुलारूपमा बिक्री गर्दा, असुरक्षित ओसारपसार गर्दा र पसलमा भण्डारण गर्दा आगलागी हुन सक्ने भन्दै बोतल, जर्किनमा पेट्रोललगायत नराख्न भनेको हाे। जर्किनलगायत भाँडामा पेट्रोलियम पदार्थको बिक्री गरेको पाइएमा कानुनअनुसार कारबाही गरिने प्रहरीले जनाएको छ।

आत्मदाह गर्ने प्रेमप्रसादकाे परिवारलाई भेटेर गृहमन्त्रीले भने- ‘वाक्क भएर नै राजनीतिमा आएका हौं’

काठमाडौंः गृहमन्त्री रवि लामिछानेले हिजाे (मंगलबार) आत्मदाह गरेका प्रेमप्रसाद आचार्यको परिवारलाई भेटेका छन्। संसद भवन अगाडि आत्मदाह गरेका इलामका आचार्यकाे मृत्यु भैसकेकाे छ। मृतकको परिवारलाई भेटेर उनले प्रेमप्रसादले उठाएका विषयहरुमा छानबिन गर्ने बताएका छन्।

साथै उनले उठाएका यस्ता विषयहरुबाट वाक्क भएर नै आफूहरु राजनीतिमा आएका उल्लेख गरे। यसअघि सामाजिक सञ्जालमार्फत लामिछानेले आचार्यको आत्मदाहको दोषी आफू भएको बताएका थिए। उनले नयाँ राजनीतिक दल र नेताको रूपमा आशा जगाउन नसक्नुले आफू दोषी भएको बताएका हुन्।

https://ujyaalonepalnews.com/archives/26094

Previous articleबानेश्वरमा आफैलाई आगो लगाएका प्रेमप्रसाद आचार्यको मृत्यु
Next articleप्रेमप्रसादकाे आत्मदाह पछि सरकारकाे आँखा खुल्याे, उनले उठाएका विषयमा छानबिन गरिने
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।