चलचित्र ‘फूलबारी’को ट्रेलर सार्वजनिक

आउदो फाल्गुन ५ गते देखी प्रदर्शनमा आउन लागेको चलचित्र ‘फूलबारी’को मन छुने ट्रेलर सार्वजनिक गरिएको छ । पारीबारिक कथामा रामबाबु गुरुङको निर्देशनमा तयार भएको यो चलचित्रले २ पुस्ताबिचको दुरीको कथा लाई देखाउन खोजेको छ ।

कमल किशोर मालपानीको कथा रहेको चलचित्रलाई उपेन्द्र सुब्बाले लेखेका हुन् भने मनिष ढकाल यो चलचित्रका निर्माता हुन् भने चलचित्रमा कार्यकारी निर्माता रुपमा मणिराम पोखरेल छन ।

चलचित्रमा विपिन कार्की, अरुणा कार्की, दयाहाङ राई, प्रियंका कार्की, गौमाया गुरुङ, शिल्पा मास्के, सोमनाथ खनाल, अनुपम शर्मा, मनिष ढकाल, लोकेन्द्र लेखक, साक्षी सिंह भण्डारी, रुजा राउत, रुपेश दाहाल लगायतका कलाकारको अभिनय छ ।

कालिप्रसाद बाँस्कोटा र अनुपम शर्माको संगीत रहेको चलचित्रमा जोश हेरुमको छायांकन, निमेष श्रेष्ठको सम्पादन रहेको छ ।

https://ujyaalonepalnews.com/archives/26100

Previous articleप्रेमप्रसादकाे आत्मदाह पछि सरकारकाे आँखा खुल्याे, उनले उठाएका विषयमा छानबिन गरिने
Next articleसाढे दुई करोड खर्चेर चितवन नारायणी किनारमा एक महिने महायज्ञ हुदै
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।