टुङ्गियो चितवनकी सविता भण्डारी मृत्यु प्रकरण : मुद्दा चल्दै गर्दा ससुराको मृत्यु, श्रीमान् र अमाजूलाई सफाइ

भरतपुर । टिकटक र युट्युबमा भा’इरल सविता भण्डारी (धिताल) मृत्यु घ’टना मुद्दा दर्ता भएको १ वर्ष ८ महिनामा फैसला भएको छ । माघ पहिलो हप्ता यस मुद्दामा फैसला भएको हो । चितवन अदालतका न्यायाधीश मातृका आचार्यको इजलासले अभियोगबाट सबै आरोपितले सफाइ पाउने फैसला सुनाएको हो ।

सविताको मृत्युलाई यौ’न हिं’सा गरी मर्न बा:ध्य बनाएको भनी आत्म’हत्या दुरू’त्साहनअन्तर्गत चितवन अदालतमा मुद्दा दर्ता भएको थियो । तत्कालीन अवस्थामा आरो’पित ३ जना थिए । आ’रोपितहरु धरौटीमा रिहा भएका थिए । उनीहरुविरूद्ध ५ वर्षसम्मको कैद सजाय माग गरी जिल्ला सरकारी वकिलको कार्यालयले मुद्दा अदालतमा दर्ता गरे पनि अन्ततः आ’रोपितहरुले अभियोगबाट सफाइ पाएको चितवन अदालतका श्रेष्तेदार ईश्वर आचार्यले जानकारी दिए ।

ससुरा रमेश धितालले यौ’न हिं’सा गरेका कारण मर्न बा’ध्य भएको आरो’प लागेको थियो । आरो’पित धितालको गत वर्ष मृ’त्यु भयो । अघिल्लो दिन विवाह वर्षगाँठ मनाएका सविता र योगेन्द्रको घरमा भोलिपल्ट दुःखको घट’ना भएको थियो । ०७८ वैशाख ४ गते दिनको ५ बजेतिर सविता आफ्नै कोठाको झ्यालमा रहेको ग्रीलमा सलको पा’सो लगाएर झु’न्डिएको अवस्थामा फेला परेकी थिइन् ।

काठमाडौँ कोटेश्वरकी सविता (२८ वर्ष) र चितवन भरतपुर महानगर–१९, बखानचोक घर भएका योगेन्द्र धिताल (३९ वर्ष)बीच ०७१ साल वैशाख ३ गते विवाह भएको थियो । विवाहपछि श्रीमान्श्रीमती नै विदेश गएका थिए । उनीहरु केही वर्षअघि फर्किएका थिए । उनीहरुको एक सन्तान (छोरा) छन् ।

आ’त्महत्या दुरूत्सा’हनसम्बन्धी घटनामा सविताको श्रीमान्, ससुरा र अमाजू मुछिएका छन् । उनीहरुमध्ये श्रीमान् योगेन्द्र धितालविरूद्ध सविताको माइतीतर्फका बुबा रामचन्द्र भण्डारीले वैशाख १२ गते जिल्ला प्रहरी कार्यालय चितवनमा कि’टानी जाहेरी दिएका थिए ।

सविता र ससुरा रमेशबारेको भिडियो सार्वजनिक भएको थियो । अदालतमा बयान दिँदा तिनै ससुराले भनेका थिए, ‘आँखामा औषधि हालेको हो, यौ’न हिं’सा होइन । ’सविताको मृत्युमा आफूहरुको कुनै भूमिका नरहेको तीनैजनाको बयान छ । उनीहरुका अनुसार सविताले नियमित डिप्रे’सनको औषधि खान्थिन् र चितवन मेडिकल कलेजमा उनको नियमित स्वास्थ्य जाँचसमेत हुँदै आएको थियो ।

यौ’न हिं’साको आ’रोप लागेका ससुरा रमेशले बयानमा छोरीजस्तै गरी ममता दिइराखेको उल्लेख छ । सुरूमा फरार भनिएकी अमाजू भावना धिताल जेठ १९ गते चितवन अदालतमा उपस्थित भइन् । बयानको क्रममा भावनाले आफूमाथिको आ’रोप झू’टो भएको बताइन् ।

०७८ जेठ १४ गते भएको आदेशअनुसार श्रीमान् र ससुरालाई जनही १ लाख धरौटी माग भएको थियो । उनीहरु धरौटी राखेर तारेखमा छुटेका थिए । अमाजूलाई भने जेठ १९ गते २५ हजार धरौटी माग भएको र उनी पनि धरौटी राखेर छुटेको चितवन अदालतका श्रेष्तेदार ईश्वर आचार्यले बताए ।

ससुरा रमेशकुमार धिताल शिक्षक पेसाबाट निवृत्त रहेको र स्वास्थ्य कमजोर भई उठबस गर्नका लागि पनि अरुको सहारा चाहिने अवस्थामा रहेको उनको आफन्तजनको भनाइ छ । मुलुकी अप’राधसंहिता, २०७४ को दफा १८५ को उपदफा १ बमोजिमको कसुर अप’राध गरेको भनी अभियोगपत्रमा उल्लेख थियो । चितवन पोस्ट दैनिकमा खबर छ।

https://ujyaalonepalnews.com/archives/26223

Previous articleभारतिय तरकारीका कारण आफ्नो उत्पादन नबिकेको भन्दै चितवनका किसानले सडकमै फाले तरकारी
Next articleयूएईमा एक भाग्यमानी नेपालीले जिते ८२ करोड रूपैयाँको चिठ्ठा
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।