अष्ट्रेलियाको क्यानवेरामा ५० वर्षिय नेपाली हजुरआमा पक्राउ परेकी छिन् । अष्ट्रेलियन संघिय प्रहरीको विज्ञप्ती अनुसार आइतबार साझ उनलाई आफ्नै घरबाट पक्राउ गरि तीन वटा मुद्धा लगाइएको छ । उनीमाथी आफ्नै २ वर्षिय नातिनीमाथी अ’ श्लिल प्रकारको व्यवहार गरि भिडियो बनाएर टिकटकमा पोष्ट गरेको अभियोग लागेको छ ।
प्रहरीले उनीमाथी १० वर्ष भन्दा कम उमेरका केटाकेटीविरुद्ध ज’बरजस्ती अश्लि’ल गतिविधी गरेको, बालबालिका विरुद्धको सामाग्री उत्पादन गरेको लगायत अभियोग लगाइएको छ । सजिलोका लागि ती अभियोगहरु अग्र्र्रेंजीमा समेत उल्लेछ ।गत महिना बालबालिका सम्बन्धी अ’ श्लिल भिडियो पोष्ट भएको भन्दै टिकटकले भिडियो डिलिट गरेर संघिय प्रहरीलाई सुचना दिएको थियो ।
आज अभियुक्त हजुरआमालाई भिडियो कल मार्फत स्थानिय म्याजेष्ट्रि अदालतमा उपस्थित गराइएको थियो । हजुरआमाका ज्वाईले दिएको जानकारी अनुसार आगामी फेब्रुअरी २८ तारिखमा अदालतमा उपस्थित हुने सर्तमा धरौटीमा रिहा गरिएको छ ।
ज्वाइका अनुसार ती हजुर आमा भर्खरै जन्मिएकी नातिनी स्याहार्न ९ महिना अघि मात्र अष्ट्रेलियाका आएकी थिईन् । गत महिना नातिनीलाई तेल लगाएर मालिस गरेपछि हजुरआमाले भिडियो बनाएर टिकटकमा पोष्ट गरेको बताइएको छ । लगत्तै टिकटकले अकाउण्ट नै बन्द गरेको थियो । नेपालट्युब बाट

https://ujyaalonepalnews.com/archives/26262


