चितवन-२ मा वैशाख १० गते उपनिर्वाचन

चितवन-२ मा आगामी वैशाख १० गते प्रतिनिधि सभाको उपनिर्वाचन हुने भएको छ। निर्वाचन आयोगको आइतबार बसेको बैठकले प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ६८ बमोजिम २०८० वैशाख १० गते आइतबार चितवन-२ मा उपनिर्वाचन गर्ने निर्णय भएको प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए।

यसअघि मंसीर ४ गते भएको प्रतिनिधि सभा सदस्यको निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने निर्वाचत भएका थिए। नागरिकता सम्बन्धी मुद्दामा सर्वोच्च अदालतले लामिछानेको सांसद पद खारेज गरेको थियो। जसले गर्दा प्रतिनिधि सभा सदस्य पद रिक्त रहेको थियो।

यसका लागि चैत २० गते मनोनयन दर्ता गर्ने कार्यतालिका तोकिएको छ। त्यसअघि आयोगले फागुन १ देखि चैत १६ गतेसम्म मतदाता नामावली अद्यावधिक कार्यक्रम सञ्चालन गर्ने भएको छ।

https://ujyaalonepalnews.com/archives/26327

Previous articleसौराहामा भ्यालेनटाइन विषेश फूड फेस्टिबल सुरु हुँदै, मुख्यमन्त्रीले उदघाटन गर्ने
Next article२०८० सालमा चाडपर्व ढिला: तिज असोजमा तिहार कार्तिक अन्तिममा
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।