रत्ननगर- रत्ननगरमा मेयरसँग बिद्यार्थीहरुको प्रत्यक्ष अन्तरक्रिया कार्यक्रम हुने भएको छ। टिनेजर्स कोल्याब्रेसनको आयोजनामा फाल्गुन ८ गते नगरपालिकाको सभाहलमा कार्यक्रम हुने भएको हो।
कार्यक्रममा नगरपालिका प्रमुख, उपप्रमुख, १६ वटै वडाका वडाध्यक्ष, विद्यालयका प्रतिनिधि, विद्यार्थी लगायतको सहभागिता रहने छ।
किशोरावस्थाका विद्यार्थीहरूका समस्यालाई स्थानीय सरकारको नीतिनिर्माण तह बाटै सम्बोधन गराउने र स्थानीय सरकार बारे किशोरीकिशोरीका जिज्ञासा मेटाउने कार्यक्रमको मुख्य उद्देश्य रहेको छ।
कार्यक्रम चितवनको सातै वटा पालिकामा कार्यक्रम सञ्चालन गरिने आयोजकले जानकारी दिए।
https://ujyaalonepalnews.com/archives/26375


