Home Uncategorized आफ्नो जग्गामा सडक बनाएको भन्दै मनिरामले गाडे बिच सडकमै पोल

आफ्नो जग्गामा सडक बनाएको भन्दै मनिरामले गाडे बिच सडकमै पोल

कपिलवस्तु-कपिलवस्तुको शिवराज नगरपालिका–५ नौडिहवामा कालोपत्र सडकको बीचबाट खम्बा गाडिएको छ । स्थानीय मनिराम थारुले आफ्नो जग्गामा सडक बनाएको भन्दै बीच भागमै खम्बा गाडेपछि आवतजावतमा समस्या भएको छ ।

कालोपत्र गर्दा आफूलाई कसैले पनि नबोलाएको र पछि नापजाँच गर्दा सडक आफ्नो जग्गामा परेको थारुले बताउनुभयो । “कुनै जानकारीविना सडक निर्माण भयो, मेरो अधिकांश जग्गा सडकमा परेको छ”, थारुले भन्नुभयो, “यसरी कसैको जग्गामा सडक बनाउने अधिकार छैन ।”

नौडिहवाको दक्षिणतर्फ रहेको कालोपत्र सडकमै खम्बा गडेपछि त्यस सडकमा सवारी साधन चलाउन र हिँडडुलसमेत गर्न नसकिने अवस्था छ । सडक बनाउँदा नापजाँच भए पनि पछि पुनःथारुले नापजाँच गर्दा फरक देखिएको स्थानीय छविलाल बञ्जाडेले बताउनुभयो । उक्त क्षेत्रमा जग्गा प्लटिङ गरेको कम्पनीसँग छलफल गरेर निर्णय गरिने बञ्जाडेले जनाउनुभयो ।

सडकमै खम्बा गाड्नु गैरजिम्मेवार रहेको स्थानीय सुरेन्द्र चौधरीले बताउनुभयो । नापी गर्ने निकायले फरकफरक नापी गर्दा स्थानीयमा विवाद र समस्या निम्त्याएको चौधरीले बताउनुभयो । सडकको बीचमा खम्बा हुँदासम्म सरोकार निकाय मौन रहेकाले छिटोभन्दा छिटो निकास हुनुपर्ने उहाँको भनाइ छ ।

https://ujyaalonepalnews.com/archives/26596

Previous articleपल शाहलाई उच्च अदालतले दियो सफाइ, भोलि रिहा हुने
Next articleजेल परेको ठ्याक्कै एक वर्षपछि आज जेलबाट छुट्दै पल शाह
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।