किसानलाई राहत: दूधको मूल्य प्रतिलिटर १० रुपैयाँ बढ्यो

काठमाडौँ । सरकारले दूधको मूल्य प्रतिलिटर १० रुपैयाँले बढाएको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले दूधको मूल्य प्रतिलिटर १० रुपैयाँ बढाएको हो ।

किसानले पाउने दूधको न्यूनतम मूल्य अब प्रतिलिटर ५६ रुपैयाँ ४० पैसा बाट बढेर ६५ रुपैयाँ ५० पैसा बनाउने निर्णय भएको एक मन्त्रीले जानकारी दिए ।

‘किसानले दूधको उचित मूल्य पाउन नसकेको गुनासो गरिरहेको बेला किसानको हितलाई ध्यानमा राखी दूधको न्यूनतम मूल्य निर्धारण गरिएको हो’ उनले भने ।

यसको भार सिधै उपभोक्तामा पर्नेछ । अब उपभोक्तालाई दूधको मूल्य कम्तीमा प्रतिलिटर १० रुपैयाँ बढ्नेछ । सरकारी स्वामित्वको डीडीसीले हाल फ्याट निकालिएको निलो प्याकेटको दूध प्रतिलिटर ८६ रुपैयाँमा बिक्री गर्दै आएको छ ।

अब सो दूधको मूल्य ९६ रुपैयाँभन्दा बढी पर्नेछ । दूधको मूल्य बढेपछि दुग्धजन्य अन्य वस्तु दही, पनिर, घ्यु लगायतको पनि मूल्य बढ्न जानेछ ।

https://ujyaalonepalnews.com/archives/26688

Previous articleसौराहामा संसदीय रिपोटिङ सम्बन्धी प्रशिक्षण सुरु
Next articleमरेको चितुवा बोकेर पर्वतबासीको साहस र बहादुरी प्रदर्शन
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।