उज्यालो नेपाल – रत्ननगर नगरपालिकाले थारु समुदायको लागी भोलि मंगलबार सार्वजनिक बिदा दिने भएको छ। फागु पर्वको उपलक्ष्यमा नगरपालिकाले थारु समुदायलाई बिदा दिने निर्णय गरेको हो।
सामान्यतया होली पहाडी क्षेत्रमा आज सोमबार र तराईमा भोली मंगलबार मनाईने गर्छ। होलीको अवसरमा सरकारले पहाडी क्षेत्रमा आज सोमवार सार्वजनिक विदा दिएको छ।
तर भित्री मधेशमा पर्ने चितवनको रत्ननगरमा थारु जातीहरूको परम्परा अनुसार भोलि मात्र होली पर्व मनाइने भएकोले विदा दिइएको नगरपालिकाले जनाएको छ।

https://ujyaalonepalnews.com/archives/26731


