उज्यालो नेपाल- चलचित्र महापुरुष बाट राम्रो प्रसंशा बटुलेका अभिनेता हुन अरुण क्षेत्री । प्रदिप भट्टराई निर्देशित फिल्म बक्स अफिसमा सफलता हासिल गरेपछी अरुणको चर्चा झन हुन थाल्यो । फिल्ममा उनी एक असल छोराको भूमिका प्रस्तुत भएका थिए । रिलिज भएको पहिलो फिल्मबाट नै अरुण सबैको नजरमा परे ।
यतिबेला यिनै अरुणको आउदो चैत्र १७ गते बाट आफ्नो नयाँ फिल्म प्रेमा लिएर दर्शकलाई भेट्न् आएका छन । यसपाली उनी असल छोरा होईन,असल प्रेमी भएर पर्दामा देखिन लागेका छन । फिल्मलाई लिएर उनी निकै उत्साहित पनि देखिएका छन ।

सुटिङको हिसाबले अरुणको यो दोस्रो फिल्म हो । ‘आइ एम २१’पहिलो भएपनी महापुरुष रिलिजको हिसाबले पहिलो फिल्म बन्यो । ‘प्रेमा’ एउटा माया गर्ने नगर्ने सबैको लागि उतिकै महत्वपूर्ण फिल्म रहेकोले फिल्मले दर्शकलाई चित्त बुझाउने बताउछन ।
उनी भन्छन “हामीले लभ लाई धेरै विश्वाश गर्छौँ, सानो कुराले हाम्रो लभलाई कसरी टिकाएको हुन्छौँ भन्ने कुरा फिल्मले देखाएको छ ।”
निर्देशक गोविन्द सिंह भण्डारीको कामलाई पनि अरुणले निकै तारिफ गरेका छन ।
कलाकारलाई कसरी काम गराउने, मोड नचलेको बेला पनि कसरी काम निकाल्ने खुबीले गर्दा पनि आफुलाई निकै सजिलो भएको कुरा ब्यक्त गर्छन् ।
फिल्ममा शुभेक्क्षा खड्क र सृष्टि श्रेष्ठ ले दिएको साथ र काम गर्दा आफुलाई निकै सहज महसुस अरुणको रहेको छ । जसरी महापुरुष लाई दर्शकले माया गरिदिएका थिए त्यसरी नै ‘प्रेमा’लाई पनि दर्शकले माया गरिदिने विश्वाश उनमा छ ।
https://ujyaalonepalnews.com/archives/26953


