रत्ननगरका महिलालाई उद्यमी बनाउन सिलाईकटाई तालिम सुरु

रत्ननगर । पूर्वी चितवनकाे रत्ननगरमा विपन्न समुदायका महिलाहरुकाे आयआर्जनकाे लागि सिलाईकटाई तालिम सुरु भएकाे छ ।

गरवी निवारणका लागि लघु उद्यम विकास कार्क्रम (मेड्पा) अन्तर्गत वडा नं १५ मा तालिम सुरु भएकाे हाे । रत्ननगर नगरपालिकाले आयाेजना गरेकाे साे तालिम वडा नं १४ का वडाध्यक्ष तथा कार्यक्रमका प्रमुख अतिथि हाेमनाथ रानाभाटले एक अाैपचारिक कार्यक्रमका बीच उद्घाटन गरेका हुन ।

साे अबसरमा उनले नगरकाे गरिबी निवारणकाे लागि सीपमुलक तालिक काेसेढुंगा सावित हुने बताए । वडाध्यक्ष आशिक तामाङले तालिम लिएर व्यवसाय गर्न चाहनेलाई वडा कार्यालयले मेसिन सहित आवश्यक अन्य सहयाेग गर्ने बताए ।

सीप विकास मार्फत गरिबी निवारण गर्ने उद्घेश्य रहेकाे भन्दै उनले विपन्न समुदायकाे जीवन स्तर उकास्ने विषयमा वडा कार्यालय सचेत रहेकाे बताए । वडा नं १४ र १५ का ३१ जना सहभागी साे तालिममा दुर्गाकुमारी चाैधरीले प्रशिक्षण दिनेछिन् ।

मेड्पा कार्यक्रम संयाेजक रामप्रसाद बस्ताकाेटीले वडा नं ३,८,९,१४ र १५ का ६५ जना महिलाहरुलाई तीन महिने एडभान्स तालिम सुरु गरिएकाे बताए । तालिम पछि बजारीकरण र व्यवसायस सञ्चालनकाे लागि ऋण लिन समेत मेड्पा कार्यक्रमले सहजीकरण गर्ने बस्ताकाेटीले बताए ।

उद्घाटन कार्यक्रममा वडा नं १५ का निबर्तमान वडाध्यक्ष हुमनाथ लामिछाने, वडा सदस्यहरु ईमप्रसाद पन्त,शिव तिवारी,रुकमाया परियार,निर्तमान वडा सदस्य रामकृष्ण खड्का लगायतकाे सहभागिता रहेकाे थियाे ।

https://ujyaalonepalnews.com/archives/27029

Previous articleबागमती प्रदेशका झण्डै १६ सय पत्रकारको दुर्घटना बीमा
Next articleगाउँमा युवालाई रोजगारी दिन्छु भनेर चुनाव जितेका जनप्रतिनिधि नै कोरिया छिरेपछि ….
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।