चितवनमा रवि लामिछाने माथि आक्रमणको प्रयास, भरतपुरको नयाँकिरण माविमा मतदान रोकियो

चितवनको भरतपुर महानगरपालिका वडा नं- ११ स्थित नयाँकिरण माविमा मतदान रोकिएको छ। मतदान स्थलमा नाराबाजी भएपछि मतदान रोकिएको हो।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवम् चितवन क्षेत्र नम्बर २ का उपनिर्वाचन उम्मेदवार रवि लामिछानेका समर्थकहरुले नाराबाजी गरेका थिए। नाराबाजी गर्दै आएका रास्वपा समर्थकहरुलाई नेकपा एमालेको समर्थकहरुले रोक्दा तनाव सिर्जना भएको थियो।

अहिले सर्वदलिय बैठक बसिरहेको र सहमती गर्ने प्रयास गरिरहेको सो केन्द्रका मतदान अधिकृत इन्द्र शर्मा ढुंगानाले जानकारी दिए।

मतदानस्थलमा नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको संख्या ठूलो मात्रामा थप गरिएको छ।

https://ujyaalonepalnews.com/?p=27153

Previous articleघरजग्गाको कारोबार बढ्ने; सरकारले खोल्यो कित्ताकाट
Next articleतनहुँ १ उपनिर्वाचन : रास्वपाका डा वाग्लेको अग्रता दोब्बर
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।