Home Uncategorized रत्ननगरका महिलालाई पञ्चेबाजा तालिम

रत्ननगरका महिलालाई पञ्चेबाजा तालिम

रत्ननगर । रत्ननगरमा महिलाहरुलाई पञ्चेबाजा तालिम सुरु गरिएको छ । नगरपालिकाको वडा नं. १६ कार्यालयले वडा भित्र बसोबास गर्ने २५ जना महिलाहरुको लागी तालिम सञ्चालन गरेको हो।

परम्परागत पञ्चेबाजा प्रवर्धन र महिलाको आर्थिक विकासका लागि तीन महिने तालिम सञ्चालन गरिएको वडाध्यक्ष हेमराज थापाले बताए । तालिमबाट परम्परागत संस्कृतिको जगेर्ना गर्न सहयोग हुने उनको भनाई छ ।

बाजा कुनै जात–धर्मले बजाउने नभई यसलाई आय–आर्जनको रुपमा लिएर अगाडि बढ्नुपर्नेमा उनले जोड दिए । बाजा बजाउने काम सधैँ गर्नु नपर्ने, सिजनमा मात्र काम गर्नुपर्ने र राम्रो आम्दानी हुने पेसा भएकाले तालिमका सहभागीहरूलाई लगनशील भएर सीप सिक्न उनले आग्रह गरे।

वडा कार्यालयको “वडाध्यक्ष सँग उद्यमशील” कार्यक्रम अन्तर्गत विनियोजित बजेटबाट तालिम सञ्चालन गरिएको हो। महिलाहरुलाई सीप संगै पञ्चेबाजा पनि खरिद गरेर वितरण गर्ने योजना रहेको वडा सदस्य ज्ञानेन्द्र रेग्मीले बताए।

तालिम कार्यक्रमको सोमबार एक कार्यक्रमका विच उद्घाटन गरिएको छ। उद्घाटन कार्यक्रममा वडाध्यक्ष हेमराज थापा, वडा सदस्यहरु सरिता गुरुङ, चिजकुमार श्रेष्ठ, ज्ञानेन्द्र रेग्मी लगायत उपस्थित थिए। कार्यक्रम वडा सचिव जयन्ती रानाभाटले सञ्चालन गरेकी थिइन्।

https://ujyaalonepalnews.com/archives/27250

Previous articleपोर्चुगल जाने सपिङ गर्न नारायणगढ हिँडेकी पदमपुरकी रुपा टिकौली जंगलमा मृत भेटिइन्
Next articleटिकौलीमा राष्ट्रिय स्तरको फुटबल प्रतियोगिता सुरु,जिराैनाकाे विजयी सुरुवात
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।