हावाहुरीले चितवनमा १५० बिगाहा क्षेत्रफलको केरा नष्ट

राप्ती । आइबार साँझ आएको हावाहुरीले चितवनमा पाँच करोड मुल्य बराबरको केराखेती नष्ट गरेको छ ।

चितवन केरा उत्पादक संघको प्रारम्भिक तथ्यांक अनुसार करिब १५० बिगाहा क्षेत्रफलमा लगाएको केरा हावा हुरीले भाचेर क्षति पुर्याएको छ । जसको बजार मूल्य करिब पाँच करोड हुने संघका महासचिव पन्तले बताए ।

हावाहुरीले जिल्लाको सातवटै पालिकाको केरा खेतिमा क्षति पुर्याएको भएपनी रत्ननगरको झुवानी, खैरहनी र राप्तीमा बढी क्षती पुर्याएको पन्तले जानकारी दिए ।

यो प्रारम्भिक विबरण हो उनले भने मंगलबार सम्म यथार्थ विबरण आउने छ । चितवनमा ७५० जना किसानले तीन हजार विघामा व्यवसायिक रुपमा केरा खेती गर्दै आएका छन् भने बार्षिक ७० हजार मेट्रिक टन अतार्थ एक अर्ब ६० करोडको केरा उत्पादन हुँदै आएको छ ।

https://ujyaalonepalnews.com/archives/27256

Previous articleटिकौलीमा राष्ट्रिय स्तरको फुटबल प्रतियोगिता सुरु,जिराैनाकाे विजयी सुरुवात
Next articleविदेशमा छ महिना काम गरेर फर्किएकाले मात्र दुई वटा फोन ल्याउन पाउने
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।