नक्कली भूटानी शरणार्थी प्रकरणः पूर्वसभासद शेर्पा प्रहरीमा

काठमाडौं- नक्कली भूटानी शरणार्थी बनाएर सङ्गठित ठगी प्रकरणमा मुछिएका व्यक्तिसँग नाम जोडिएका नेपाली कांग्रेसका नेता एवं पूर्वसभासद आङटावा शेर्पा जिल्ला प्रहरी परिसर काठमाडौँ पुग्नुभएको छ ।

उक्त घटनामा नाम जोडिएपछि बुझ्नका लागि भन्दै उहाँ आफैँ परिसरमा आउनुभएको परिसरका प्रहरी उपरीक्षक सीताराम रिजालले जानकारी दिनुभयो ।

उहाँ शरणार्थी प्रकरणमा पक्राउ परेका सानु भण्डारीलाई हिरासतमै गएर भेटेको सार्वजनिक भएको थियो । त्यसपछि उहाँलाई पनि प्रहरीले अनुसन्धानको घेरामा राखेको थियो ।

उक्त प्रकरणमा अहिलेसम्म पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी र पूर्वमन्त्री बालकृष्ण खाणसहित १३ जनालाई नियन्त्रणमा लिएर प्रहरीले अनुसन्धान गरिरहेको छ ।

https://ujyaalonepalnews.com/archives/27266

Previous articleभूकम्प गएको दशक बित्न थाल्यो, अझै टेकोमै अडिएको छ पाटनका बस्ती
Next articleजङ्गली कच्चापदार्थलाई आयसँग जोड्दै व्यास नगरपालिका
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।