कयर खोलामा ग्रावेल लोड गरेर निस्कँदै गरेको ट्याक्टर दुर्घटना हुँदा एकजनाको ज्यान गयो

चितवन । खैरहनीमा आफैले चलाएको ट्याक्टरमा चेपिएर चालकको मृत्यु भएको छ । खैरहनी नगरपालिका वडा नम्बर ४ स्थित कयर खोलामा ग्रावेल लोड गरेको ट्याक्टरमा चेपिएर चालकको मृत्यु भएको हो ।

ना ६ त १०७९ नम्बरको ट्याक्टरमा चेपिएर ट्याक्टर चालक खैरहनी २ निवासी २० वर्षिय दिपक परियारको मृत्यु भएको छ । गम्भिर घाइते भएका परियारलाई उपचारको लागि चितवन मेडिकल कलेज पुर्याउदा चिकित्सकले मृत घोषणा गरेका हुन् ।

गाव्रेल लोड गरेर खोलाबाट निस्कने क्रममा ट्याक्टरको अगाडीको भाग उचालिएर चालक ढाला र ट्याक्टरको इन्जिनको भागको बिचमा चेपिएको प्रहरीले जनाएको छ ।

https://ujyaalonepalnews.com/archives/27283

Previous articleअर्थ समितिको पहिलो बैठक : अर्थतन्त्र सुधारदेखि स्टक लाइसेन्सबारे छलफल
Next articleनीति तथा कार्यक्रममा सुझाव लिन सरकारलाई समर्थन  गर्ने दलको बैठक आह्वान
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।