कांग्रेसद्वारा प्रदेशसभा बैकठ अवरुद्ध, भोलिसम्मका लागि बैठक स्थगित

विराटनगर, २६ माघ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रदेशसभा बैठक अवरुद्ध गरेको छ ।

ललिता निवास जग्गा प्रकरणमा कांग्रेस उपसभापति विजय गच्छदारमाथि मुद्दा लगाइएको भन्दै कांग्रेसले आइतबार बसेको प्रदेशसभा बैठक अवरुद्ध गरेको हो ।

कांग्रेसको अवरुद्धपछि प्रदेशसभाका सभामुख प्रदीपकुमार भण्डारीले बैठक स्थगित भएको घोषणा गरेका छन् ।

सभामुख भण्डारी सोमबारसम्मका लागि बैठक स्थगन भएको घोषणा गरेका हुन् ।

The post कांग्रेसद्वारा प्रदेशसभा बैकठ अवरुद्ध, भोलिसम्मका लागि बैठक स्थगित appeared first on Koshi Online.

मेघगर्जन चट्याङसहित वर्षाको सम्भावना

Previous articleगच्छादारको समर्थनमा विराटनगरमा तरुण दलको प्रदर्शन
Next articleसानालाई ऐन, ठूलालाई चैन ! उस्तै मुद्दामा विष्णु पौडेललाई उन्मुक्ति, तिलककुमारीलाई जेल
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।