गच्छदारको मुद्दा देशभर फैलिँदै, कांग्रेसले ‘पावर’ देखाएपछि प्रदेशसभा अवरुद्ध !

काठमाडौं – नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदारलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कम्युनिस्ट सरकारको इशारामा फसाउन खोजेको विरोधलाई कांग्रेसले देशभर फैलाउन थालेको छ ।

प्रतिनिधिसभा बैठकमा विरोध जनाउँदै अवरोध गर्दै आएको नेपाली कांग्रेसले आईतबार प्रदेश १ प्रदेशसभा बैठक समेत अवरुद्ध गरेको छ ।

कांग्रेसको अवरोधका कारण प्रदेशसभा बैठक स्थगित भएको छ । बैठकको सुरूमा नेपाली कांग्रेसका सदस्य उभिएपछि सभामुख प्रदीपकुमार भण्डारीले पटक–पटक बस्न आग्रह गर्दा पनि नबसेपछि सचेतक सूर्यमाराज राईलाई बोल्न समय दिएका थिए । सचेतक राईले कम्युनिस्ट सरकारको इशारामा गच्छदारलाई फसाउने काम भएकाले निर्णय सच्याउन माग गरे ।

राईले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एउटै प्रकृतिको मुद्दामा कसैले उन्मुक्ति पाउने र कसैलाई कारवाही हुने व्यवहार गलत भएको बताए । ‘अख्तियारको पक्षपातपूर्ण कारवाही प्रक्रिया नसच्याए लगातार सदन अवरोध गर्छाैं,’ उनले भने । अवरोध नहटेपछि सभामुख भण्डारीले सोमबार दिउँसो २ बजेसम्मका लागि बैठक स्थगित भएको घोषणा गरे ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाली कांग्रेस पार्टीका उपसभापति विजयकुमार गच्छदारविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको विरोधमा प्रदर्शन गरेको छ ।

कांग्रेस विराटनगर महानगरपालिका समितिले शनिहाटबाट विरोध र्‍याली निकालेर स्थानीय हनुमान मन्दिर नजिककै कोणसभा गरेको छ ।

साढे १५ लाखकाे अवैध सुनसहित २ जना पक्राउ

Previous articleसानालाई ऐन, ठूलालाई चैन ! उस्तै मुद्दामा विष्णु पौडेललाई उन्मुक्ति, तिलककुमारीलाई जेल
Next articleउपप्रधानमन्त्री पोखरेलसँग बङ्गलादेशका सेना प्रमुखको भेट
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।