लामिछानेको मुद्दामा पीडित किशोरीको जन्मदर्तासम्बन्धी कागज मगाउने आदेश

काठमाडौं- जिल्ला अदालत काठमाडौँले क्रिकेटर सन्दीप लामिछानेविरुद्ध दायर भएको जबर्जस्ती करणीको मुद्दामा पीडित किशोरीको जन्म दर्तासम्बन्धी कागज मगाउने आदेश गरेको छ ।

न्यायाधीश फणिन्द्रप्रसाद पराजुलीको इजलासले यसअघि मगाएको कागजमा प्रस्टता नदेखिएको उल्लेख गर्दै पुनः माग गर्ने आदेश गरेको हो । लामिछानेको मुद्दा फैसलाका लागि पेसी चढ्दै आएको छ ।

लामिछानेविरुद्ध नाम परिर्वतन (गौशाला) ले जबर्जस्ती करणीको जाहेरी दिएकी थिइन् । लामिछानेले नाबालिगलाई जबर्जस्ती करणी गरेको अभियोगमा १० देखि १२ वर्ष कैद र क्षतिपूर्तिको मुद्दामा गरिएको छ ।

https://ujyaalonepalnews.com/archives/27455

Previous articleबिहे नगरी ‘बिए’ उत्तीर्ण गर्ने किशोरीलाई प्रोत्साहन स्वरुप एक लाख
Next articleपिठुवामा रक्तदान कार्यक्रम हुँदै
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।