घाँटी काटिएको अवस्थामा युवकको शव भेटियो

सप्तरी- सप्तरीमा घाँटी काटिएको अवस्थामा एक व्यक्तिको शव फेला परेको छ । जिल्लाको हनुमाननगर कंकालिनी नगरपालिका वडा नम्बर ४ मधवापुरस्थित खेतमा शव भेटिएको प्रहरीले जानकारी दिएको छ ।

अन्दाजी २५ बर्षका जस्तो देखिने युवकको घाँटी काटेर हत्या गरेको अवस्थामा शव भेटिएको हो । यस विषयमा अन्य अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी प्रवक्ता नरेश कुमार सिंहले जानकारी दिनुभयो ।

https://ujyaalonepalnews.com/archives/27468

Previous articleहेडसरको छोराको बिहेमा जान स्कूल बन्द
Next articleछुमचौरमा मार्सी धान रोपाइँ
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।