जसपाको संसदीय दलको नेतामा उपेन्द्र यादव

काठमाडौँ- जनता समाजवादी पार्टी (जसपा) नेपालको संसदीय दलको नेतामा पार्टी अध्यक्ष उपेन्द्र यादव निर्वाचित हुनुभएको छ ।
संसदीय दलको नेता चयनका लागि गठित निर्वाचन समितिले आज यादवलाई निर्वाचित भएको घोषणा गरेको हो ।
पार्टीको संसदीय दलको विधान २०७७ को दफा १० (१) बमोजिम यादव सर्वसम्मत निर्वाचित हुनभएको हो ।
यसअघि रामसहाय प्रसाद यादव संसदीय दलको नेता हुनुहुन्थ्यो । रामसहाय प्रसाद यादव उपराष्ट्रपति बन्नुभएपछि उहाँकै निर्वाचन क्षेत्रबाट उपनिर्वाचनमा विजयी हुनुभएका उपेन्द्र यादव संसदीय दलको नेता बन्नुभएको हो ।।

https://ujyaalonepalnews.com/archives/27480

Previous articleनेप्से परिसूचक बढेसँगै कारोबार रकममा सुधार
Next articleव्यावसायिक अधिकार स्थापित गर्न सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री दाहाल
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।