शिक्षक सरुवाको बिषयमा गाउँपालिकामा तोडफोड, पाँच प्रहरीसहित सातजना घाइते

बारा- बाराको सुवर्ण गाउपालिकाले शिक्षक सरूवा गरेको बिषयमा बिद्यार्थिहरुले गाउँपालिकामा तोडफोड गरेका छन् । तोडफोडबाट करिब साडे तीन करोडको क्षति पुगेको प्रहरीले प्रारम्भिक अनुमान गरेको छ ।

प्रहरीले तोडफोड रोक्न खोज्दा विद्यार्थीहरुले प्रहरीमाथि ढुंगामुढा गरेका थिए । त्यसपछि प्रहरीले बल प्रयोग गरेको हो । बल प्रयोगमा प्रहरीले लाठी चार्ज र अश्रुग्यास प्रहार गरेको थियो । प्रहरीतर्फ पाँच जना, दुई जनप्रतिनिधि सामान्य घाईते भएका छन् ।

दुवै पक्षले रक्षा र प्रतिरक्षा गर्न खोज्दा सुवर्ण गाउँपालिकामा बिहानैदेखि तनावको स्थिति सिर्जना भएको हो । स्थिति नियन्त्रणमा लिन जिल्लाको अन्य ठाउँबाट समेत नेपाल र सशस्त्र प्रहरी परिचालन गरिएको थियो ।

दुई दिन अघिदेखि चक्काजाम र आन्दोलन भएको भएपनि सुरक्षा निकाय चनाखो नहुँदा पालिकामा ठुलो क्षति पुगेको स्थानीयले बताएका छन् ।

पालिकाअन्तर्गतको शिक्षा शाखाबाट हर्दिया प्रशुरामपुर र देवापुर बहुअर्वा माविका प्रधानाध्यापकसहित अन्य विद्यालयका समेत केही शिक्षकलाई एक अर्को विद्यालयमा हेरफेर गर्दा विद्यार्थीलाई उचालेर आन्दोलनको नाममा तोडफोड गराउनमा केही शिक्षकहरू, बहालवाला एक प्रहरीनै देखिएको पालिका अध्यक्ष राजेश राय यादवले आरोप लगाउनुभयो ।

राजनैतिक दल , अभिभावक लगायत विद्यार्थिको नाममा घुसपैठ गरी तोडफोड भएको सोही वडाका वडाअध्यक्ष झकड यादवको भनाइ छ ।

ईलाका प्रहरी कार्यालय कवहीका प्रहरी सहायक निरिक्षक प्रदिप यादवले भने बालबालिका भएका कारण बल प्रयोग गर्न नसकेकोले क्षति भएको बताउनुभयो ।

https://ujyaalonepalnews.com/archives/27487

Previous articleलक्ष्मी बैंक र सनराईज बैंकबीच मर्जर सम्झौता
Next articleनक्कली शरणार्थी प्रकरणः सक्कली भुटानी शरणार्थीको प्रदर्शन
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।