जबरजस्ती करणी आरोपमा उपप्रध्यापक पक्राउ

दाङ- लमही नगरपालिका वडा नं. ५ रातोडाँडा निवासी शेषमणी गौतमलाई जवरजस्ती करणी गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ ।

आइतबार दिउँसो आफ्नै घरमा एक किशोरीलाई करणी गरेको आरोपमा प्रहरीले गौतमलाइ नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय दाङका डिएसपी राजन गौतमले जानकारी दिनुभयो ।

किशोरीको जाहेरीका आधारमा घरबाटै नियन्त्रणमा लिइएको डिएसपी गौतमले जानकारी दिनुभयो । वडा प्रहरी कार्यालयको हिरासतमा राखेर अनुसन्धान अघि बढेको छ ।

जिल्ला अदालबाट पाँच दिनको म्याद थप गरिएको छ । देउखुरी स्थित एक प्राविधिक क्याम्पसमा अध्ययनरत छात्रालाई जागिर लगाइदिने प्रलोभनमा पारेर करणी गरेको उजुरीका आधारमा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

गौतम देउखुरी बहुमुखी क्याम्पसको उपप्रध्यापक र पूर्व क्याम्पस प्रमुखको पदीय जिम्मेवारीमा रहेको बताइएको छ ।

https://ujyaalonepalnews.com/archives/27497

Previous articleपर्सामा मिटरब्याजीसम्बन्धी नौ सय ८४ उजुरी दर्ता
Next articleअर्थमन्त्री डा महत र एमसिसीका नायब उपाध्यक्ष जोनाथन ब्रुक्सबीच भेटवार्ता
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।