राष्ट्रपतिबाट नवनियुक्त मन्त्रीलाई शपथ

काठमाडौँ- राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त मन्त्री वीरेन्द्रप्रसाद महतोलाई पद तथा गोपनीयताको शपथ गराउनुभएको छ ।

राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रपति भवनमा आज आयोजित विशेष समारोहमा नेपालको संविधानको धारा ८० बमोजिम उहाँलाई पद तथा गोपनीयताको शपथ गराउनुभएको हो ।

सोही समारोहमा प्रधानमन्त्री पुष्पकमल दहाल ‘प्रचण्ड’ले नवनियुक्त राज्यमन्त्री प्रमिला कुमारीलाई नेपालको संविधानको धारा ८० बमोजिम पद तथा गोपनीयताको शपथ गराउनुभयो ।

प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले उहाँहरु दुबैलाई मन्त्री र राज्यमन्त्रीमा मङ्गलबार नियुक्त गर्नुभएको थियो । उहाँहरूको नियुक्ति र सपथसँगै वर्तमान मन्त्रिपरिषद्ले पूर्णता पाएको छ ।।

https://ujyaalonepalnews.com/archives/27539

Previous article१० महिनामा २ लाख ६३ हजार पर्यटकले चितवन राष्ट्रिय निकुञ्ज घुमे
Next articleगण्डकी प्रदेशको जनसङ्ख्या २४ लाख ६६ हजार चार सय २७
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।