माधवपुरको रक्तदानमा ५८ जनाले गरे रक्तदान

रत्ननगर, जेठ १३ । रत्ननगर १५ मा रहेको शिवालय टोल विकास संस्थाले  आयोजना गरेको रक्तदान कार्यक्रममा ५८ जनाले रक्तदान गरेका छन् ।

चितवनमा देखिएको रगत अभाबलाई मध्यनजर गर्दै गरिएको कार्यक्रममा २१ जना महिला सहित ५८ जनाले रक्तदान गरेको कार्यक्रम संयोजक कृष्ण प्रसाद ढकालले जानकारी दिए ।

 

सो अवसरमा कार्यक्रमका प्रमुख आतिथी वडाध्यक्ष आशिक तामाङले चितवनमा रगतको अभाब भैरहँदा स्थानीय स्तरमा रक्तदान कार्यक्रमलाई अभियानको रुपमा लानुपर्नेमा जोड दिए ।

 

संस्थाका अध्यक्ष प्रेमप्रसाद भट्टको अध्यक्ष अध्यक्षतामा भएको कार्यक्रममा अतिथिको रुपमा वडा सदस्यहरु ईमप्रसाद पन्त, शिवप्रसाद तिवारी, नेपाल रेडक्रस सोसाइटी चितवन शाखाका निवर्तमान सभापति  ज्ञानशाली न्यौपाने, दिग्दर्शन बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष दण्डपाणी लामिछाने, १९ वटै टोल विकास संस्थाका प्रतिनिधि लगायतको सहभागिता रहेको थियो ।

https://ujyaalonepalnews.com/archives/27610

Previous articleझापामा मिटरव्याजी विरुद्ध ९७ वटा उजुरी दर्ता
Next articleनीति कार्यक्रमको स्वीकार र समर्थन गर्छौं: प्रमुख सचेतक लेखक
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।