लहानको अस्पताल गेटमै नवजात शिशु फालेर महिला फरार

सिरहा- गएराति मोटरसाइकलमा आएकी महिलाले नवजात शिशुलाई लहानको प्रादेशिक अस्पताल गेटमा अलपत्र छाडेर फरार भएकी छन् ।

सिरहाको लहान नगरपालिकामा रहेको प्रादेशिक अस्पतालको गेटमा एक नवजात शिशुलाई गएराति करिब १२ बजे फालिएको अवस्थामा फेला परेको हो ।

अस्पतालकै एक डियुटी खटिएका गार्डले अस्पतालको गेटमा बच्चा रोएको अवाज सुनेपछि चिकित्सकलाई खबर गरेका थिए । शिशुलाई अहिले अस्पतालकै जिम्मामा राखिएको छ । करिब तीन किलोग्रामकी ती शुशुको अवस्था सामान्य छ ।

https://ujyaalonepalnews.com/archives/27633

Previous articleप्रधानमन्त्रीले यही जेठ १७ देखि भारत भ्रमण गर्नुहुने
Next articleचरा ठोकिएको आशङ्कामा भारतको बैंगलुरु उडेको जहाज काठमाडौँ फर्कियो
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।