लहानको अस्पताल गेटमै नवजात शिशु फालेर महिला फरार

0
41

सिरहा- गएराति मोटरसाइकलमा आएकी महिलाले नवजात शिशुलाई लहानको प्रादेशिक अस्पताल गेटमा अलपत्र छाडेर फरार भएकी छन् ।

सिरहाको लहान नगरपालिकामा रहेको प्रादेशिक अस्पतालको गेटमा एक नवजात शिशुलाई गएराति करिब १२ बजे फालिएको अवस्थामा फेला परेको हो ।

अस्पतालकै एक डियुटी खटिएका गार्डले अस्पतालको गेटमा बच्चा रोएको अवाज सुनेपछि चिकित्सकलाई खबर गरेका थिए । शिशुलाई अहिले अस्पतालकै जिम्मामा राखिएको छ । करिब तीन किलोग्रामकी ती शुशुको अवस्था सामान्य छ ।

https://www.ujyaalonepalnews.com/archives/27633

Previous articleमाधवपुरको रक्तदानमा ५८ जनाले गरे रक्तदान
Next article‘साना दल र स्वतन्त्र सांसदलाई संसद्‌मा उपेक्षा गरियो’