फेवातालमा डुबेर एकजनाको मृत्यु

कास्की- माछा मार्ने क्रममा पोखराको फेवातालमा डुवेर शनिबार एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही जिल्लाको अन्नपूर्ण गाउँपालिका १० घान्द्रुक घर भई हाल पोखरा महानगरपालिका-१४ चाउथे बस्ने ६३ वर्षे मिन गुरुङ रहेका छन् ।

शनिबार दिउँसो करिव ४ बजे तालको पामे खपौदी क्षेत्रबाट वेपत्ता भएका गुरुङको शव वडा प्रहरी कार्यालय बैदामबाट प्रहरी निरीक्षकको कमाण्डमा रेस्क्यु टोली तथा शसस्त्र प्रहरी बलको टोलीले खोजतलास गर्दा साँझ ७ बजेतिर तालबाट फेला परेको हो ।

उक्त शव अहिले पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा रहेको र घटनाबारे थप अनुसन्धान भईरहेको कास्की प्रहरीले जनाएको छ ।

https://ujyaalonepalnews.com/archives/27643

Previous articleगुल्मी अस्पताललाई सी-आम मेसिन प्रदान
Next articleचण्डेश्वरी मन्दिरलाई प्रदूषणमुक्त मन्दिर घोषणा गर्ने अभियान (फोटो फिचर)
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।