धुनीवेशी पार्क आम्दानीको राम्रो श्रोत बन्दै (फोटो फिचर)

0
116

धादिङ- दक्षिणी धादिङको धुनीवेशी नगरपालिकास्थित अमिलचौरमा निर्माण गरिएको धुनीवेशी पार्क अहिले आम्दानीको निकै राम्रो श्रोत बन्दै गएको छ ।

सो पार्क स्थानीय तहलाई मात्रै आम्दानीको श्रोत नभई सो क्षेत्रमा विभिन्न ब्यापार ब्यवसाय गरी बस्नेहरु जिविको चलाउनका लागी समेत आम्दानीको बाटो बन्दै गएको छ ।

अहिले पार्कमा हरेक दिन दैनिकजसो एक सयको हाराहारीमा आन्तरिक पर्यटकहरु आउने जाने गर्ने गरेका छन् । पार्कबाट आम्दानी भएको सम्पुर्ण रकम स्थानीय वडामै विकासको काममा खर्चिने नगरपालिकाले जनाएको छ ।

तीन सय रोपनी क्षेत्रफल जमीनमा फैलिएको सो पार्क निर्माणले पुर्णता पाउँदासम्म करिव २४ करोड रुपैयाँ लगानी हुने अनुमान नगरपालिकाले गरेको छ ।

https://www.ujyaalonepalnews.com/archives/27768

Previous articleपूर्व मन्त्री एवं कांग्रेस नेत्री पाण्डेको निधन
Next articleआरोही याङ्जी शेर्पालाई राष्ट्रपति पौडेलको बधाई