प्रधानमन्त्री दाहाल नयाँ दिल्ली प्रस्थान

Click Image

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ चार दिने औपचारिक भारत भ्रमणका लागि आज भारतको राजधानी नयाँ दिल्ली प्रस्थान गर्नुभएको छ ।

प्रधानमन्त्री दाहाल मध्याह्न १३ः३५ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान नम्बर आरए २१७ बाट त्यसतर्फ प्रस्थान गर्नुभएको हो ।

प्रधानमन्त्री दाहाललाई विमानस्थलको अति विशिष्ट कक्षमा प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ, मन्त्रीगण, विशिष्ट कर्मचारी, संवैधानिक आयोगका प्रतिनिधिलगायत विशिष्ट पदाधिकारीले बिदाइ गर्नुभयो ।

सो अवसरमा नेपाली सेनाले सम्मान गारत अर्पण गरेको थियो ।।

https://ujyaalonepalnews.com/archives/27785

Previous articleपूर्व मन्त्री एवं कांग्रेस नेत्री पाण्डेको निधन
Next articleआरोही याङ्जी शेर्पालाई राष्ट्रपति पौडेलको बधाई
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।