चेपाङ युवा हतियारसहित नियन्त्रणमा

चितवन- वन्यजन्तु चोरीशिकार गर्न लागेको भन्ने सूचनाको आधारमा चितवन राष्ट्रिय निकुञ्जले दुई चेपाङ युवालाई पक्राउ गरेको छ । निकुञ्जका सूचना अधिकारी गणशे तिवारीले जारी गरेको विज्ञप्ति अनुसार निकुञ्जले कालिका नगरपालिका–११ सैपाङ बस्ने २९ वर्षीय राज चेपाङ र सोही ठाउँका ३५ वर्षीय सुन्दर चेपाङलाई नियन्त्रणमा लिएको हो ।

वन्यजन्तु चोरीशिकार गर्न लागेको भन्ने सूचनाको आधारमा निकुञ्ज सुरक्षार्थ तैनाथ खड्क दल गणबाट खटिएको संयुक्त अप्रेशन टोलीले राजलाई सौराहाबाट जेठ १३ गते र सुन्दरलाई आफ्नै घरमा बसिरहेको अवस्थामा जेठ १४ गते नियन्त्रणमा लिएको निकुञ्जले जनाएको छ ।

उनीहरुबाट दुई थान भरुवा बन्दुक पनि निकुञ्जले बरामद गरेको छ । पक्राउ परेको बन्दुक जिल्ला प्रहरी कार्यालयलाई बुझाएर उनीहरुमाथि वन्यजन्तुको कसुरसम्बन्धी अनुसन्धान भइरहेको निकुञ्जले विज्ञप्तिमा उल्लेख गरेको छ ।

https://ujyaalonepalnews.com/archives/27794

Previous articleआरोही याङ्जी शेर्पालाई राष्ट्रपति पौडेलको बधाई
Next articleपूर्वप्रम खनाल सहभागी कार्यक्रममा हुलदङ्गा गर्ने सन्तोष राजावादीसहित नौजना पक्राउ
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।