नमूना जहाज बनाएका चितवनका अभय परियारलाई बुद्ध एयरको १ लाख रुपैयाँ

राजन दील गुरुङ/चितवन- बुद्ध एयरको नमूना जहाज बनाउने रत्ननगर चितवनका अभय परियारलाई बुद्ध एयरले १ लाख रुपैयाँसहित सम्मान गरेको छ ।

परियारले केही दिन अघिमात्र बुद्धको एटिआर ४२ जहाजको नमूना बनाएर आकाशमा उडाएका थिए । रत्ननगर १३ जयमंगलाका १८ वर्षीय अभयको प्रतिभालाई प्रोत्साहन गर्न नगदसहित कम्पनीले सम्मान गरेको जनाएको छ।

बुद्ध एयरका कार्यकारी अध्यक्ष वीरेन्द्रबहादुर बस्नेतले परियारलाई नगद पुरस्कार र प्रशंसापत्र प्रदान गरेका हुन्। कम्पनीले उनलाई एक लाख नगद पुरस्कार प्रदान गरेको प्रवक्ता दीपेन्द्र कर्णले बताए। ‘हामी उहाँको मेहनतका लागि धन्यबाद दिन चाहान्छौं। उहाँको उज्वल भविष्यको कामना गर्न चाहान्छौं,’ बुद्ध एयरले भनेको छ।

सम्मानमा उनका बुबा मोहन परियार रत्ननगर नगरपालिकाका प्रमुख प्रलाद सापकोटा लगायतको उपस्थिति रहेको थियो ।

https://ujyaalonepalnews.com/archives/27805

Previous articleभारतसित जोडिएको चिवाभञ्ज्याङ नाका खोल्न माग
Next articleप्रधानमन्त्री दाहालले आज महत्वपूर्ण द्विपक्षीय भेटवार्ता गर्नुहुँदै
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।