सिकाई केन्द्रको हाजिरीजवाफमा अर्विट बोर्डिंग स्कूल प्रथम

निराजन घिमिरे- रत्ननगरको पिठुवामा रहेको पिठुवा सामुदायिक सिकाई केन्द्रले आयोजना गरेको अन्तरविद्यालय रनिंगशिल्ड हाजिरीजवाफ प्रतियोगितामा अर्विट बोर्डिंग स्कुल प्रथम भएको छ । वडा नं. १६ कार्यालयको सभाहलमा एक औपचारिक कार्यक्रम बीच सम्पन्न प्रतियोगितामा रत्ननगर १४, १५ र १६ का ११ वटा विद्यालयका आधारभूत तहका विद्धार्थीहरुले सहभागीता जनाएका थिए ।

सात वटा सामुदायिक र चार वटा संस्थागत विद्यालयले भाग लिएको प्रतियोगितामा नर्थ प्वाईन्ट एकेडेमी द्दितीय र जनजागृति माध्यमिक विद्यालय तृतीय भएका छन् । कार्यक्रमको उद्घाटन रत्ननगरका उपनगरप्रमुख यादव प्रसाद पाठकले गरेका थिए । उद्घाटन समारोहमा बोल्दै पाठकले हाजिरीजवाफ प्रतियोगिता ‘बौद्धिक खेल’ भएको उल्लेख गर्दै यसले विद्यार्थीको क्षमता वृद्धिमा सहयोग पुग्ने बताए ।

केन्द्रका अध्यक्ष नेत्रप्रसाद घिमिरेको सभापतित्वमा सम्पन्न कार्यक्रममा वडा नं. १५ र १६ का जनप्रतिनिधि, नगर शिक्षा शाखा अधिकृत राजेन्द्र प्रसाद बराल, विद्यालयका प्रतिनिधिशिक्षक, सिकाई केन्द्रका पदाधिकारीहरुको सहभागिता रहेको थियो । कार्यक्रम केन्द्र कि कार्यालय सचिव सर्मिला लामिछानेले संचालन गरेकी थिईन् ।

यस्तै विहिवार नै सम्पन्न चित्रकला प्रतियोगितामा माधवपुर माविका प्रवेश वि.क प्रथम भएका छन् । आठ वटा विद्यालय बाट सहभागी ८ जना प्रतियोगीमध्ये द्वारिकादास माविकि मिना राना मगर द्दितीय र भानु मेमोरियल विद्यालयका आयुष ढुंगाना तृतिय भएका हुन् ।

 

प्रतियोगितामा प्रथम हुन सफल चित्रकला
प्रवेश बि.क, माधवपुर मावि, रत्ननगर १५
प्रतियोगितामा द्दितीय हुन सफल चित्रकला
मिना राना मगर, द्वारिकादास मावि , रत्ननगर १४
प्रतियोगितामा तृतिय हुन सफल चित्रकला
आयुष ढुंगाना, भानु मेमोरोयल स्कुल, रत्ननगर १६

https://ujyaalonepalnews.com/archives/27830

Previous articleमध्यपहाडी लोकमार्गको वैकल्पिक सडक ओझेलमा
Next articleऊर्जा व्यापारमा ‘ब्रेक थ्रु’ भयो : प्रधानमन्त्री दाहाल
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।