रत्ननगर । रत्ननगरमा श्रीमानले श्रीमतिमाथी छुरा प्रहार गरेका छन् । रत्ननगर वडा नं १५ हातेमालाे टाेलका राजन रेग्मीले श्रीमति अनिता रेग्मीलाई शनिवार विहान छुरा प्रहार गरेको वडाध्यक्ष आशिक तामाङले जानकारी दिए ।
अनिताकाे पुरानाे मेडिकल कलेजमा आइसियुमा राखेर उपचार सुरु गरिएको घाईते अनिताकी भाई नवराज भट्टले बताए । राजनले लामाे समय देखि मदिरा सेवन गरेर श्रीमती माथि कुटपिट गर्ने र अनावश्यक आशंका गर्ने गरेका कारण रेग्मी दम्पती सम्बन्ध विच्छेद गर्ने अबस्थामा पुगेका थिए ।
ऊनीहरु बीच मेलमिलाप गराउन पटकपटक प्रयास पनि असफल भएपछि उनीहरु सम्बन्ध विच्छेदको लागी अदालती प्रक्रियामा गएको वडाध्यक्ष तामाङ्गले जानकारी दिए।
शुक्रबार राती श्रीमान र श्रीमती बीच झगडा परेकाे थियाे । उनीहरुका एक छाेरा दुई छाेरी छन । विहान साढे छ बजे छाेरा शाैचालय गएकाे माैका छाेपी राजनले श्रीमतिलाई छुरा प्रहार गरेकाे प्रहरीले जनाकाे छ । राजन रेग्मी फरार छन ।
https://ujyaalonepalnews.com/archives/27877


