पिठुवामा ४५ दिने व्युटिपार्लर तालिम सम्पन्न

उज्यालो नेपाल- घरेलु तथा साना उधोग कार्यालय चितवनको आयोजनामा ४५ दिने व्युटिपार्लर तालिम रत्ननगरमा सम्पन्न भएको छ । रत्ननगर १६ वडा कार्यालय संगको समन्वयमा वडाका १० जना महिलाहरुको लागी तालिम संचालन गरिएको हो । महिलाहरुलाई रोजगारी सिर्जना तथा ब्यवसायिक सिपबाट आत्मनिर्भर बनाउने उद्देश्यले घरेलु कार्यालय संगको सहकार्यमा तालिम संचालन गरिएको वडाध्यक्ष हेमराज थापाले जानकारी दिए ।

शनिबार वडा कार्यालयमा आयोजना गरिएको समापन कार्यक्रममा तालिमका सहभागीहरुलाई प्रमाणपत्र हस्तानान्तरण गरिएको छ । कार्यक्रमलाई सम्बोधन गर्दै घरेलु कार्यालयका प्रमुख तथा सभाध्यक्ष धिरेन्द्र प्रसाद पोखरेलले तालिममा सिकेको विषयलाई ब्यवहारमा उतारेर व्यवसायिक र स्वरोजगार बन्न आग्रह गरे ।

कार्यक्रमका अर्का अतिथि पिठुवा सामुदायिक सिकाई केन्द्रका अध्यक्ष नेत्रप्रसाद घिमिरेले पनि सहभागीहरुलाई सिकेको सिप प्रयोगमा ल्याएर आत्मनिर्भर बन्न आग्रह गरे ।

तालिमका सहभागीहरुलाई सिटीईभिटी बाट मान्यता प्राप्त ईन्टरनेशनल ब्युटी पार्लर एण्ड टेनिङ्ग सेन्टर टाँडीकी प्रोपाइटर ज्ञानु ढकालले एड्भान्स  ब्युटिपार्लर सम्वन्धी तालिम दिएकी थिईन ।

 

 

https://ujyaalonepalnews.com/archives/27883

Previous articleआर्थिक अभावका कारण मृगैला पीडित माझीको उपचारमा समस्या, सहयोगको अपिल
Next articleचार दिने भारत भ्रमण पूरा गरी प्रधानमन्त्री प्रचण्ड आज स्वदेश फर्कनुहुँदै
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।