अबको वर्ष पार्टी सङ्गठन निर्माण र सुदृढीकरणको हुनेछः सभापति देउवा

ललितपुर- नेपाली कांग्रेसकका सभापति शेरबहादुर देउवाले हालसम्म निर्वाचन वर्ष रहेको र अबको वर्ष कांग्रेस पार्टीको सङ्गठन निर्माण र सुदृढीकरणको वर्ष हुने बताउनुभएको छ ।
नेपाली कांग्रेसको प्रथम ललितपुर जिल्ला सम्मेलनमा उहाँले कसैले कसैलाई गाली गर्नुभन्दा जनतासँग काँधमा काँध मिलाएर पार्टी विस्तारमा सबै एक जुट भई अगाडि बढ्नुपर्ने बताउनुभयो ।
सभापति देउवाले अब आफू पार्टीको सभापति नहुने स्पष्ट गर्दै पार्टीलाई मात्र सहयोग गर्ने बताउनुभयो । “अब कांग्रेसको नेतृत्व युवाले गर्नुपर्छ, सबैलाई एक ढिक्का बनाएर अगाडि बढ्न म आग्रह गर्छु”, उहाँले भन्नुभयो ।

https://ujyaalonepalnews.com/archives/27899

Previous articleप्रधानमन्त्री प्रचण्ड चारदिने भारतको औपचारिक भ्रमण सम्पन्न गरी स्वदेश फिर्ता
Next articleअनुदानको मल एग्रोभेटलाई बेचिएको भेटिएपछि प्रहरी नियन्त्रणमा
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।