भीमोदय माविमा ‘अन्तर्राष्ट्रिय विद्यालय अवार्ड’ तालिम सम्पन्न

उज्यालो नेपाल- चितवनको कालिका ५ पदमपुरमा रहेको भीमोदय माध्यमिक विद्यालयले विद्यार्थी र शिक्षकहरुको लागी ‘ अन्तर्राष्ट्रिय विद्यालय अवार्ड’ तालिम सम्पन्न गरीको छ । बागमती प्रदेश सामाजिक विकास मन्त्रालय अन्तर्गतको शिक्षा विकास निर्देशनालयबाट स्वीकृत नमुना विद्यालय शैक्षिक सुधार कार्यक्रम’ अन्तर्गत तालिम सम्पन्न गरिएको हो ।

कार्यक्रम अन्तर्गत अन्तरराष्ट्रिय विद्यालय साझेदारीमा तिन वटा परियोजना कार्य ‘ डिसअबिलिटि इज नट ईनबिलिटि’, तामांग संस्कृति र लेट्स जोइन आवर ह्यान्ड्स टु मेन्टेन क्लिन ईन्भाईरोमेन्ट’ सम्पन्न गरिएको छ । यसैगरी संस्थागत र सामुदायिक विद्यालयको साझेदारीमा अन्य चार वटा कार्ययोजना निर्माण सम्पन्न गरिएको छ ।

यस्तै आठौँ परियोजना कार्यमा बिस प्रतिशत स्थानिय पाठ्यक्रम अनुरुप ‘घोंगी एक स्थानिय परिकार’ को कार्ययोजना निर्माण गरिएको छ । कार्यक्रममा गैडाकोट ईंग्लिश बोर्डिंग स्कुलका शैक्षिक प्रमुख एवम व्रिटिश काउन्सिलका पुर्व प्रशिक्षक जे. विनादेवी कोईरालाले प्रशिक्षण एवम सहजीकरण गरेको विद्यालयका शिक्षक सुवास विडारीले जानकारी दिए ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अमृत श्रेष्ठको सभापतित्वमा सम्पन्न तालिमको उद्घाटन समारोहमा वडाध्यक्ष दिपकबहादुर भट्टराईको प्रमुख आतिथ्यता रहेको थियो भने कार्यपालिका सदस्य शान्ती महतो, विद्यालय व्यवस्थापन समिति सदस्यहरु गोपाल जी गुप्ता, महेश श्रेष्ठ, शिक्षक प्रतिनिधि रानाबहादुर गुरुङ, शिक्षक अभिभावक संघका अध्यक्ष उत्तरकुमार अधिकारी, लगायतको उपस्थिति रहेको थियो ।

उद्घाटन सत्रमा प्रधानाध्यापक ईन्द्रनाथ पौडेलले आगन्तुकहरुलाई स्वागत गर्दै कार्यक्रमको औचित्य र महत्व बारे प्रकाश पारेका थिए भने आधारभूत तह ईन्चार्ज एवम आईएसए कार्यक्रम संयोजक शिवप्रसाद सापकोटाले कार्यक्रम संचालन गरेका थिए ।

 

https://ujyaalonepalnews.com/archives/27909

Previous articleदुर्घटनामा दुई युवकको मृत्यु
Next article‘हाम्रै कथा र व्यथा हो नीरफूल’ : निर्देशक वल
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।