पाल्पामा बोलेरो जीप दुर्घटनाः तीन जनाको मृत्यु 

पाल्पा- पाल्पामा बोलेरो जीप दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ । पश्चिम पाल्पाको रैनादेवी छहरा ८ सत्यवतीमा सालझण्डीदेखी अर्घाखाँचीको पाणिनीतर्फ जाँदै गरेको लु१ च ९०२४ नम्बरको बलेराे जिप दुर्घटना भएको हो ।
प्रहरीका अनुसार दुर्घटनामा दुई महिला र एकजना पुरुषको घटनास्थलमै मृत्यु भएको छ । जम्मा १५ जना सवार रहेको उक्त सवारीमा रहेका अन्य यात्रुहरू घाइते रहेका छ्न् । सबै घाइतेलाई रुपन्देहीको अस्पतालमा पठाएको प्रहरीले जनाएको छ ।
मृतकको सनाखत हुन सकेको छैन भने घाइतेमध्ये केहिको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी विरेन्द्र थापाले जानकारी दिनुभयो । दुर्घटनाको कारण नखुलेको र थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ। सवारी सडकदेखि करीब ४० मिटर तल खसेको छ ।

https://ujyaalonepalnews.com/archives/27924

Previous articleपन्ध्र मुर्रा राँगाबाट एक लाख भैँसीमा नश्ल सुधार गरिने
Next articleशिकारीले हानेको गोली लागेर घाइते किशोरीको मृत्यु
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।