उज्यालो नेपाल- रत्ननगरका २०० बालबालिकालाई सचेतना प्रदान गरिएको छ । रत्ननगर वडा नं. १६ को समन्वय तथा रत्ननगर जुनियर जेसिसको आयोजना र ईलाका प्रहरी कार्यालय टाँडीको सहयोगमा वडाका झन्डै २०० बालबालिकालाई सोमबार सचेतना प्रदान गरिएको हो ।
कार्यक्रममा लागुपदार्थ दुर्व्यसनी तथा बाल यौन दुर्व्यवहार न्यूनीकरण सम्बन्धी सचेतनाको साथै ट्राफिक नियम सम्बन्धी अभिमुखीकरण प्रदान गरिएको जेसिसका अध्यक्ष सन्दर्भ खनालले जानकारी दिए ।
वडाध्यक्ष हेमराज थापाको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा वडा सदस्यहरु चिजकुमार श्रेष्ठ, रिता वि.क, सरिता गुरुङ लगायतको उपस्थिति रहेको थियो ।
https://ujyaalonepalnews.com/archives/27951

