नेपाल–चीन सीमा: पिल्लर नम्बर १ मा प्रहरीको गस्ती

दार्चुला- नेपाल–चीन सीमा स्तम्भ नम्बर १ (पिल्लर) मा नेपाल प्रहरीको गस्ती टोली पुगेको छ । दार्चुलाको व्याँस गाउँपालिका–१ स्थित ईलाका प्रहरी कार्यालय तिंकरबाट खटी गएको प्रहरी टोली नेपाल–चीन सीमा क्षेत्र १ नम्बर पिल्लर पुगेको हो ।

जिल्ला प्रहरी कार्यालय दार्चुला मातहत रहेको ईलाका प्रहरी चौकी तिंकरका इन्चार्ज प्रहरी नायव निरीक्षक हर्क सिंह महताको कमाण्डमा प्रहरी टोली वस्तुस्थिति बुझ्न नेपाल–चीन सीमा स्तम्भ नम्बर १ पुगेको दार्चुला प्रहरी प्रमुख, प्रहरी नायव उपरीक्षक तर्कराज पाण्डेयले जानकारी दिनुभयो । अहिले तिंकरमा बाक्लो हिउँ जमेको छ ।

सरकारले ०७७ बैशाख ३१ गते व्याँस गाउँपालिका–१ छाङरुमा सशस्त्र प्रहरीको बीओपी स्थापना गरेपश्चात पहिलो पटक सशस्त्र प्रहरीको नेतृत्वमा २०७७ असारमा १ नम्बर पिल्लरसम्म सशस्त्र फौज पुगेको थियो । पछिल्लो समय सुरक्षा उपस्थिति रहेको व्याँस क्षेत्रमा बेला बेला गस्ती हुने गरेको छ ।

https://ujyaalonepalnews.com/archives/27996

Previous articleसहकारी व्यवस्थापकलाई ५९ लाख तिर्न आदेश
Next articleगण्डकीमा सिक्दै कमाउँदै, कमाउँदै सिक्दै कार्यक्रम
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।